SamwadKhabar logo

समाचार

सूचनाको हकका लागि समुदाय जागरण अभियान शुभारम्भ (फोटो फिचर)

संवाद खबर

संवाद खबर

सूचनाको हकका लागि समुदाय जागरण अभियान शुभारम्भ (फोटो फिचर)
असार ३०, काठमाडौँ । जवाफदेहिता र सुशासनयुक्त समाज निर्माणको उद्देश्यसहित सूचनाको हकका लागि समुदाय जागरण अभियान बौद्धबाट सुरू भएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति काठमाडौँ तथा उपत्यका प्रदेश समितिको आयोजनामा सूचना मागौँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने मूल नाराका साथ अभियानको शुभारम्भ गरिएको छ । उक्त अभियानका गोकर्णेश्वर नगरपालिकाको जोरपाटीचोकबाट पदयात्रा गर्दै बौद्ध स्तूप परिसरमा आएर कोणसभामा परिणत भएको थियो । सार्वजनिक निकायबाट आम नागरिकलाई पाउनुपर्ने सूचनालाई सहज बनाउन दबाबसहित सूचना हकको प्रयोग गरी भ्रष्टाचारको अन्त्य गर्नका लागि नागरिक सचेतना गराउने उद्देश्यले अभियानको आरम्भ गरेको बताएको छ । विश्व सम्पदा सूचिकृत बौद्ध स्तूपबाट आचार्यद्वय थुप्तेन तामाङ र कर्म ङावाङ ग्याल्चेन तामाङबाट अष्टमंगल वाचन गरि शुभारम्भ गरेको सो अभियानलाई गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, वडा नं. ५ का अध्यक्ष एवम् नगर प्रवक्ता नारायणबहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष एवम् सुशासन समितिका संयोजक नवराज लामा, काठमाडौँ महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामा लगायत जनप्रतिनिधिहरुले शुभकामना दिएका छन् । गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामाले कार्यक्रमलाई सम्बोधन गर्दै सबै सार्वजनिक निकायले नागरिकलाई सहि सूचना उपलब्ध गराउनुपर्ने बताईन् । आम चासोको विषयमा सूचना सार्वजनिक गर्ने अभ्यास सबैले निकायबाट हुनुपर्ने बताउँदै आफ्नो नगरपालिकाभित्र पनि केही सूचना लुकाउन खोज्छन् भने विधि र प्रक्रियामार्फत सूचना माग्न नगरवासीलाई आह्वान गरिन् । सडक, बत्ति, खानेपानी, शिक्षा तथा हरेक निर्माण कार्यमा हुने वेथिति रोक्न सूचना हकको प्रयोगले सहयोग पुग्ने विश्वास गरिन् । त्यस्तै सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले सुशासन र सूचनामैत्री समाज निर्माणका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । संविधानले दिएको सूचनाको हकलाई सहज रूपमा प्राप्त गराउन र सूचना हकको प्रयोगलाई अभ्यासमा ल्याउन अभियानको सुरू गरेको बताए । सार्वजनिक निकायमा पारदर्शीता बढाई अनिमियतता र भ्रष्टाचार अन्त्य गर्न आम नागरिकलाई जागरूक गर्ने उद्देश्यले समुदाय स्तरमा अभियानको आरम्भ गरेको बताए । अभियानको बारेमा प्रकाश पार्दै जिल्ला महासंघका अध्यक्ष पूर्णप्रसाद मिश्रले समुदाय जागरण अभियान सूचनाको हकका लागि राष्ट्रिय महासंघले सर्वसाधारण नागरिकलाई सुसूचीत गर्न संचालन गरेको बताए । बौद्धबाट सुरू भएको अभियान काठमाडौँ जिल्लाका ११ वटै स्थानीय तहमा सञ्चालन गरिने बताए । कार्यक्रम संयोजक भीम लामाले अभियानलाई सफल पार्न महत्वपूर्ण सहभागीता जनाउने क्रियटिभ सरसफाई प्रा.लि., तराना महिला विकास समिति, गौरीशंकर महिला समाज, शुभ विहानी महिला समूह लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सञ्चारकमीलाई धन्यवाद दिदै सार्वजनिक चासोको विषयमा सूचना माग्ने र सार्वजनिक गर्ने गराउने बानीको विकास गर्न आग्रह गरे । विकास र परिवर्तनको मुख्य आधार नै सूचना भएकोले सार्वजनिक निकायबाट सहज रूपमा आम नागरिकले सूचना पाउनुपर्ने बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि