SamwadKhabar logo

समाचार

काठमाडौंमा आजदेखि प्लास्टिक प्रयोग गर्न निषेध

संवाद खबर

संवाद खबर

काठमाडौंमा आजदेखि प्लास्टिक प्रयोग गर्न निषेध
साउन १, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ । कामपाले आज १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । कामपाको प्रमुख बालेन्द्र साहले गत असार ६ गते चालु आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोगमा प्रतिबन्ध गर्ने नीति लिने बताएका थिए । त्यसका लागि कामपाले प्रचारप्रसार गर्ने र नागरिकहरूलाई ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोग नगर्न आग्रहसमेत गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । आगामी आवका लागि जम्मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको कामपाले फोहरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित कार्यक्रमका लागि भने रु ८७ करोड ९३ लाख रकम विनियोजन गरेको छ । सफाइ कार्यमा प्रयोग हुने सवारी साधन एवं उपकरण थप गर्नका लागि रु २७ करोड रकम छुट्याएको छ । त्यसैगरी कामपा क्षेत्रभित्रका नदीहरूको सरसफाइ र संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाका रूपमा सञ्चालन गर्न रु सात करोड विनियोजन गरेको छ । कामपा क्षेत्रमा वायु प्रदूषण, ध्वनि प्रदूषणलगायत वातावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको छ । सवारी साधनहरूको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्कासन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारी पनि कामपाले गरेको छ । कामपा भित्रका नदीनालाहरूको नियमित सरसफाइ गर्न नदी सरसफाइ स्वर्णिम योजनाका रुपमा सञ्चालन पनि कामपाले जनाएको छ । यसका लागि आवश्यक उपकरणहरू खरिद गरी संस्थागत क्षमता विकास गरिनाका साथै वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गर्ने बताइएको छ । यसै वर्षदेखि वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गर्नका लागि आवश्यक सबै कदम चाल्ने कामपाले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि