SamwadKhabar logo

समाचार

नागरिकसंग जोडिएको हरेक सूचना विनासर्त सार्वजनिक हुनुपर्छ

संवाद खबर

संवाद खबर

नागरिकसंग जोडिएको हरेक सूचना विनासर्त सार्वजनिक हुनुपर्छ
साउन ६, काठमाडौँ । सार्वजनिक निकायहरूले  नागरिकसंग जोडिएको हरेक सूचना विनासर्त सार्वजनिक गर्नुपर्ने माग सहित समुदाय जागरण अभियान गरेको छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ उपत्यका र जिल्ला काठमाडौँ कार्यसमितिले आयोजना गरेको अभियानको दोस्रो हप्ता आज चाबहिल, गणेशस्थान मन्दिर, जयबागेश्वरी हुदैँ पशुपति मन्दिर परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । सूचना हकसम्बन्धि ऐन २०६४ को दफा ३ र नेपालको संविधानको धारा २७ मा व्यवस्था भए अनुसार सूचना तथा जानकारी पाउनुपर्ने नागरिकको अधिकारलाई सुनिश्चित गराउन सार्वजनिक निकायले सूचना दिनुपर्ने भन्दै ध्यानाकर्षणसहितको अभियानको सुरूवात गरेको आयोजकले बताएको छ । सूचना हकको सही प्रयोग भएमा मात्र सुशासन हुने र भ्रष्टाचारको अन्त्य हुने अभियानकर्मीहरूको भनाई छ । यसअघि शनिवार जोरपाटी–बौद्धबाट शुभारम्भ भएको अभियानलाई निरन्तरता दिन आज चाबहिल पशुपति मन्दिर परिसर पदयात्रा भएको महासंघले जनाएको छ । अभियानको कोणसभामा काठमाडौँ महानगरपालिका वडा ७ र ८ का वडाध्यक्षद्वाय विमल कुमार होडा र आशमान सङ्गत, राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली, पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी गौरीशंकर पराजुली, महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्द लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै सूचना आयुक्त कमला ओलीले समुदाय जागरण अभियानले सकारात्मक शन्देश प्रवाह गरेको भन्दै अभियानलाई निरन्तरता दिनुपर्ने बताईन् । मानव जनचासोका विषय एवम् सार्वजिक सम्पत्तिहरूको बारेमा जानकारी पाउनु सबै नागरिकको अधिकार भएको उल्लेख गर्दै सेवा प्रदायक सम्पूर्ण निकायहरूले सूचना सार्वजनिक गरी सुशासन स्थापित गराउन आग्रह गरिन् । राष्ट्रिय सूचना आयोगले र सूचनाको हकका लागि राष्ट्रिय महासंघले गरेको हरेक कामको मूल्यांकन गर्दै सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धतता गरिन् । त्यस्तै महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले सूचनाको हकका लागि समुदाय स्तरमा जागरण दिने उद्देश्य आरम्भ गरेका बताउँदै अभियान काठमाडौँबाट सुरू भएर देशभरी नै गराउने लक्ष्य रहेको बताए । देशमा सुशासन स्थापित गराउन सामाजिक र स्वयंमसेवी भावनाले अभियानको थालनी गरेको बताउँदै सबै नागरिक, सरोकारवालले साथ दिनुहुन आग्रह गरे । सरकार कार्यालय, सार्वजनिक भौतिक संरचना निर्माण उपभोक्त समिति, वडा, नगर लगायत सबै सार्वजनिक क्षेत्रमा सूचना माग्न सिकाउने र सूचना सार्वजनिक गर्नुपर्छ भन्ने मान्यताको विकास गर्न समुदाय जागरण अभियाजले सार्थकता दिने बताए । यसै गरी अर्को हप्ता विहान ७ बजे बूढानीलकण्ठ मन्दिर परिसरबाट अभियान सञ्चालन हुने सूचनाको हकका लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति काठमाडौँले जानकारी दिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि