SamwadKhabar logo

समाचार

दाङमा वर्षाले १६ घर डुबानमा

संवाद खबर

संवाद खबर

दाङमा वर्षाले १६ घर डुबानमा
साउन ९, काठमाडौं । अविरल वर्षाका कारणले दाङको लमही नगरपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिकामा १६ घर डुबानमा परेका छन् भने एक घर भत्किएको छ । घरहरू डुबानमा परेको खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले नागरिकहरूको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । राजपुर गाँउपालिका–२ कि पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जनाएको छ । त्यसैगरी खहरे खोलाहरूमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । पालिकाको सहयोगमा डोजरको प्रयोग गरेर बाढीसँगै आएको पहिरो तथा लेदो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ । त्यस्तै, तुलसीपुरदेखि घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर १४ मा पर्ने स्थानीय खोलामा आएको बाढीले बगाएको छ । गाडीमा चालक मात्रै रहेको र चालकको उद्धार गरिएको पनि प्रहरी जनाएको छ । लगातारको वर्षाले राप्ती नदी र बबई नदीमा बाढी आउनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङले बिहानै नदी तटका वासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि