SamwadKhabar logo

समाचार

टेकु घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने आइटिसीको चेतावनी

संवाद खबर

संवाद खबर

टेकु घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने आइटिसीको चेतावनी
साउन २०, काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) ले तामाङ, मगरलगायत समुदायको शान्तिपूर्ण धर्नामा भएको प्रहरी दमनप्रति आपत्ति जनाएको छ । परिषद्ले शनिबार विज्ञप्ति जारी गरी काठमाडौं प्रहरी परिसर टेकुमा भएको उक्त घटना अन्तर्राष्ट्रिय मानवअधिकारको न्यूनतम मूल्य मान्यता र नेपालको संविधान तथा प्रचलित कानुनविपरीत भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ । ‘टेकुमा आयोजित शान्तिपूर्ण धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जनभन्दा धेरै निहत्था आन्दोलनकारीलाई नियन्त्रणमा लिएर परिसरभित्र लगी मरणासन्न हुनेगरी कुटपिट गरी गम्भीर घाइते बनाइयो । यतिमात्र नभई महिला आन्दोलनकारीलाई पुरूष प्रहरीहरूले जथाभावी चरम शारीरिक र मानसिक यातना दिइयो,’ परिषद्का महासचिव टासी लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अत्यन्तै दुःखद र निन्दनीय घटना नागरिक अधिकार, मानवअधिकार तथा कानुनी शासनविरूद्ध समेत भएकाले प्रहरी दमनप्रति अन्तर्राष्ट्रिय तामाङ परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ ।’ तामाङ, मगरलगायत समुदायको संस्कृतिबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे ९शीतल०लाई कारबाहीको माग गर्दै गत बुधबार काठमाडौं प्रहरी परिसर टेकुमा आयोजित धर्नामा प्रहरी हस्तक्षेप भएको थियो । प्रहरीले धर्नामा सहभागी करिब ५० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई परिसरभित्र लगेर कुटपिट र चरम यातना दिई सख्त घाइते बनाएको भन्दै परिषद्ले उक्त घटनामा मानवअधिकार तथा कानुन उल्लंघन भएको जनाएको हो । ‘कानुन उल्लंघनकर्ता पाण्डेलाई कानुनी कठघरामा ल्याउनुपर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी र नेपाल सरकारले उल्टै न्याय माग्न गएका पीडितहरूमाथि दमन गरेको छ । भगवती पाण्डे र टेकुमा चरम दमन गर्ने दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल सरकारसमक्ष परिषद् जोडदार माग गर्दछ,’ परिषद्ले भनेको छ । दोषीलाई कारबाहीका लागि सरकारले बेवास्ता गरे यस घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनीसमेत परिषद्ले दिएको छ । ‘यदि सरकारले यस विषयलाई बेवास्ता गरेमा संयुक्त राष्ट्र संघ, आदिवासी अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरू र सरोकारवालाहरू समक्ष यस घटना संप्रेषण गर्ने र आवश्यक कारबाहीको निम्ति अनुरोधसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न परिषद् बाध्य हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ । यस घटनालाई लिएर परिषद्का सदस्य संस्थाहरुले सम्बन्धित देशस्थित कूटनीतिक नियोगहरुमा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको महासचिव लामाले जानकारी दिए । एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा दाजुबहिनीबीच विवाह हुने भएकाले आनुवांशिकरूपमै ती जातिका मानिसहरु अपराधी हुन्छन् भनी दिएको अभिव्यक्तिलाई लिएर विरोध चर्किएको हो । उक्त अभिव्यक्तिले जातीय घृणा र विद्वेष फैलाउनुका साथै नेपालसहित विश्वभरिका तामाङ समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको परिषद्ले जनाएको छ । परिषद्को सदस्य संस्था नेपाल तामाङ घेदुङले विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो । पाण्डेलाई बुधबार बिहान पक्राउ गरिए पनि साँझ छाडिएको थियो । जिल्ला अदालतले म्याद थप गरी अनुसन्धान गर्न अनुमति नदिएपछि छाडिएको प्रहरीको भनाइ छ । तर, आन्दोलनरत पक्षले भने पाण्डेलाई जोगाउने षडयन्त्र भइरहेको भन्दै आपत्ति जनाउँदै आएको छ । यसैबीच नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले आगामी सोमबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि