SamwadKhabar logo

समाचार

५२ लाख नक्कली नेपाली नोटसहित ९ जना पक्राउ

संवाद खबर

साउन २६, काठमाडौं । नेपाल प्रहरीले ५२ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन् । उनीहरुको साथबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार काठमाडौंको थानकोटबाट पर्यटक गाडीमा ३६ लाख रुपैयाँ नक्कली नोटक बरामद भएको थियो । प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु १ प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट उक्त नक्कली नोट बरामद गरेको हो । त्यसपछि खोजतलास गर्दै जाँदा थप रकम र कारोबारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कारोबारीले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले भनाइ छ । प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि