SamwadKhabar logo

               

खेलकूद

आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीको दोहोरो जित

संवाद खबर

संवाद खबर

आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीको दोहोरो जित
भदौ ६, काठमाडौं । राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले पहिलो दिन दोहोरो जित हात पारेको छ । सल्लाघारीस्थित स्कुलको आफ्नै फुटसल कोर्टमा भएको प्रतियोगितामा समूह बी मा रहेको लर्निङ जोनले मोर्डन बोर्डिङ हाइअर सेकेण्डरी स्कुललाई ३– १ ले र काठमाडौं गुरुकुललाई ६– ० ले पराजित गरेको हो । दुई जितपछि ६ अंक जोडेर लर्निङ जोन एकेडेमी शीर्ष थानमा छ । यस्तै पहिलो दिनकै अन्य खेलमा समूह बी मा प्यारागन पब्लिक स्कुल र काठमाडौं गुरुकुलुले एक एक खेल जितेर्का छन् । प्यारागनले युनाइटेड युनिभर्सल स्कुललाई १– ० ले हराउँदा काठमाडौं गुरुकुलले मोर्डन बोर्ड हाइअर सेकेण्डरी स्कुललाई ४– २ ले हरायो । काठमाडौं गुरुकुलले ३ खेलमा एक खेल जित्दा प्यारागनले २ खेलमा १ खेल जितेको हो । मोर्डन बोर्डिङ स्कुलले भने तीनवटै खेलमा हार बेहोर्यो । अपराजित लर्निङ जोन ६ अंकसहित शीर्ष स्थानमा रहँदा प्यारागन र काठमाडौं गुरुकुलको समान ४ अंक छ । यस्तै समूह ए अन्तर्गत पहिलो दिन ग्लोबल पब्लिक स्कुल, काव्य स्कुल, अक्षरा स्कुल र रातो बंगला स्कुलले समान एक खेल जितेका छन् । ग्लोबल पब्लिक स्कुलले सूर्य विनायक स्कुललाई १– ० ले पराजित गर्यो । अर्को खेलमा भने ग्लोबल पब्लिक स्कुल अक्षरा स्कुलसँग २– १ ले पराजित भयो । यस्तै ग्लोबल र काव्यबीचको खेल गोलरहित बराबरीमा सकियो । यसैगरी काव्य स्कुलले सूर्य विनायक स्कुललाई २– १ ले हरायो भने काव्य स्कुल रातो बंगला स्कुलसँग भने २– ० ले पराजित भयो । पहिलो दिन अपराजित रहेका अक्षरा र रातो बंगलाले भने गोलरहित बराबरी खेले । सूर्य विनायक स्कुल भने दुवै खेलमा पराजित भयो । अपराजित अक्षरा र रातो बंगलासँगै काव्य र ग्लोबल पब्लिक स्कुलको समान ४ अंक छ । नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेत र विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरीले बल हस्तानतरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…