SamwadKhabar logo

               

खेलकूद

विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

संवाद खबर

संवाद खबर

विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित
भदौ १७, काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालसँग भुटान ३ विकेटले पराजित भएको छ । जितको लागि ४० रनको सामान्य लक्ष्य पाएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । अन्य ब्याट्सम्यान चल्न सकेनन । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १–१ विकेट लिए । यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १–१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए । टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १–१ विकेट लिए । एसिया छनोट खेलमा लगातार तेस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…