SamwadKhabar logo

               

कला / साहित्य

म्यानमारको उपहार बुद्धको मूर्ति नेपाल ल्याउन सकस

Pramila Bhujel

Pramila Bhujel

म्यानमारको उपहार बुद्धको मूर्ति नेपाल ल्याउन सकस
१८ भाद्र, काठमाडौं । म्यानमारका केही बौद्ध संघसंस्थाहले दुई वर्ष अघि संयुक्त रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको करिब ३२ टन बराबरको बुद्धको मूर्ति नेपाल ल्याउन झन्डै १४ करोड रुपैयाँ भाडा लाग्ने भएपछि सरकारलाई सकस भएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा धेरै महँगो धातु ह्वाइट जेड स्टोनबाट बनेको बुद्धको मूर्ति, म्यानमारको बुद्धिस्ट एसोसिएसन, च्याम्बर अफ कमर्स र भिक्षुहरू लगायतले संयुक्त रूपमा लुम्बिनी गार्डेन फाउण्डेशनलाई उपहारस्वरूप दिएको हो । सोही मूर्ति फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै प्रतिपक्षी दलका प्रमुख नेताहरूलाई भेटेर फाउन्डेसनका अधिकारीले बुद्धको मूर्ति म्यानमारले उपहारस्वरूप दिन खोजेको जानकारी गराएका थिए । प्रधानमन्त्री कार्यालयले गत सातामात्रै पर्यटन मन्त्रालयमा फाइल पठाएर मूर्ति ल्याउने गरी प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल चलिरहेको छ । करिब ३२ टनको बुद्धको बहुमूल्य मूर्ति नेपाल ल्याउन सके पर्यटकीय प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास  छ । पर्यटनमन्त्री सुदन किराँतीकाअनुसार म्यानमारबाट कसरी बुद्धको मूर्ति ल्याउन सकिन्छ भनेर अध्ययन भइरहेको र बुद्धको मूर्ति नेपाल ल्याउन पाए धेरै राम्रो हुन्थ्यो । उता, मन्त्रालयका एक उच्च अधिकारीले एउटा निजी संस्थाले सरकारलाई दिन लागेको उपहार कसरी ग्रहण गर्ने, यस सम्बन्धमा स्वामित्व नेपाल सरकारमा रहने गरी काम थालिरहेको बताए । उनले भने,‘भाडा पनि करोडौँ लाग्ने देखियो । सार्वजनिक खरिद ऐनअनुसारै भाडामा बिडिङ गरेर जाने तयारीमा छौं ।’ फाउन्डेसनका महासचिव एकराज गिरीका अनुसार प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सकारात्मक रहेकाले निकट भविष्यमै मूर्ति नेपालमा ल्याउने तयारी भइरहेको छ । उनका अनुसार वर्तमान, निवर्तमान र पूर्व प्रधानमन्त्रीसमक्ष यसबारे जानकारी गराइसकेको र उहाँहरू सकारात्मक नै हुनुहुन्छ, मुख्य कुरा मन्त्रालयहरूमा फाइल अड्काउने कामले ढिला भएको हो । सुरुमा तीनकुनेमा राख्ने भनिएको बुद्धको मूर्ति अहिले गोकर्णेश्वर र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने थानडाँडामा राख्ने बताइएको छ । तीनकुनेमा स्थानीयको जग्गा मुआब्जा विवाद देखिएपछि ठाउँ फेरिएको थियो । फाउन्डेसनका महासचिव गिरीले पछिल्लो पटक म्यानमारका बुद्धिस्ट एसोसिएसनले मूर्ति लैजाने वा नलैजाने भन्ने सम्बन्धमा छिटो निर्णय लिन भनेको छ । उनले भने, ‘हामीले राम्रै उद्देश्य राखेर बुद्धको मूर्ति ल्याउने पहल थाल्यौँ तर सरकारले गाम्भीर्य बुझेन ।’

ताजा

सबै

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्…

सुकेधारामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिका४ सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडक…

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

जेठ १, काठमाडौं । भारतको मुम्बईमा मुम्बईमा सोमवार आएको आँधी र वर्षाका कारणले ठुलो …

लोकप्रिय

सबै

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

वैशाख २७, काठमाडौं । आज बिहीवार ललितपुरमा बस रोक्नेक्रममा खसेर एक बालिकाको मृत्यु …

यो पनि

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वर्तमान अवस्थामा जीवन मूल्य…

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

वैशाख २४, काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरका…

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

वैशाख २३, काठमाडौं । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको …

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रय…