SamwadKhabar logo

               

दुर्घटना

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

प्रमिला भुजेल

प्रमिला भुजेल

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

जेठ १, काठमाडौं ।  भारतको मुम्बईमा मुम्बईमा सोमवार आएको आँधी र वर्षाका कारणले ठुलो होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । प्रहरीका अनुसार घाटकोपर (इ) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ बोर्ड बेलुका ४ः३० बजे एक्कासि आएको आँधीले खसेको हो ।

दुर्घटनामा करिब ६० जना घाइते भएका छन् ।

होर्डिङ बोर्ड ७०x५०  मिटर ठुलो थियो । 

अधिकारीहरूका अनुसार यो होर्डिङ खसेको पेट्रोल पम्पमा पानी र हावाहुरीका कारण ठुलो सङ्ख्यामा मानिसहरू ओत लागेर बसिरहेका थिए ।

दुर्घटनाका एक प्रत्यक्षदर्शीले भने, “धेरै पानी परिरहेकाले हामीले कार साइडमा पार्क गर्‍यौँ। हामी केही बेर बसेका मात्र थियौँ, त्यही बेला एक्कासि बोर्ड खस्न पुग्यो । त्यसमामा दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनसहित धेरै जना च्यापिए ।”

समाचार एजेन्सी एएनआईका अनुसार राज्यका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनास्थलको निरीक्षण गरेपछि दुर्घटनामा घाइते भएका बिरामीलाई भेट्न अस्पताल पुगेका थिए । उनले मुम्बईका सबै होर्डिङको विशेष संरचनात्मक लेखा परीक्षण गरिने बताए ।  शिन्देले भने, ‘दुर्घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कर्तव्य ज्यान मुद्दा चलाइनेछ ।’  उनले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

धादिङमा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते

धादिङमा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते

११ भाद्र, काठमाडौं । धादिङको कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका ८ ससा…

तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८

तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८

७ भाद्र, काठमाडौं । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको…