SamwadKhabar logo

               

कला / साहित्य

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

प्रमिला भुजेल

प्रमिला भुजेल

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिवार सम्पन्न भएको छ । नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेकोले आफ्नो प्रतिभा प्रस्तुत गर्न गएकी हुन् ।  

आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छन् । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नेछन् । 
तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ । नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा रन्जु यादवका २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कुटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गरेका थिए । राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताए।

नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब दुई सय पचास जना नेपाली र जर्मन नागरिकहरु कार्यक्रममा सहभागी थिए भने उनीहरुले चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई गम्भीरतापूर्वक अवलोकन गरेका थिए ।

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि

अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता

अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता

१७ चैत, काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्त्व…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

२७ फागुन, काठमाडौं । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको रुद्रराज साहित्य पुरस्का…

वसन्तलाई स्वागत गर्दै हुम्लामा ‘चैतलो’ पर्व मनाइयो

वसन्तलाई स्वागत गर्दै हुम्लामा ‘चैतलो’ पर्व मनाइयो

१३ फागुन, काठमाडौं । हुम्ला जिल्लास्थित सिमकोट र ठेहे गाउँमा प्रत्येक वर्ष झैं यो वर्ष…