SamwadKhabar logo

समाचार

साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगमा दोस्रो कार्यकालका लागि मञ्जु खड्का नियुक्त

प्रमिला भुजेल

प्रमिला भुजेल

साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगमा दोस्रो कार्यकालका लागि मञ्जु खड्का नियुक्त

२१ असार, काठमाडौं । साउथ अस्ट्रेलिया सरकारले नेपाली चेली मञ्जु खड्कालाई  महत्त्वपूर्ण मानिने बहुसांस्कृतिक आयोगमा पुनः आगामी तीन वर्षका लागि नियुक्त गरेको छ। साउथ अस्ट्रेलियामा भएको दुई सयभन्दा बढी समुदायमा क्रियाशीलहरूमध्ये खड्कासहित १५ जनालाई आयोगमा नियुक्त गरेको हो।

राज्य सरकारले आयोग गठनका लागि सार्वजनिक रूपमा इच्छुकहरूका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त दिनेहरूको छनोटका लागि गठित स्वतन्त्र आयोगले शैक्षिक योग्यतासहित सामाजिक पृष्ठभूमि, क्रियाशीलताबारे अध्ययन गरेर अध्यक्षसहित १५ जनाको छनोट गरेको हो।

तीनवर्षे कार्यकाल रहने आयोगले साउथ अस्ट्रेलियामा रहेका आप्रवासीहरूको सरकारसँगका अपेक्षा अनि उनका सांस्कृतिक विविधताको संरक्षणका लागि सुझाव दिने गर्दछ।

खड्काको यो दोस्रो कार्यकाल हो । खड्काले पहिलो कार्यकालमा नेपालीसहित अस्ट्रेलियामा बढ्दै गरेका विभिन्न समुदायहरूको संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न राज्यमा ध्यानाकर्षण गराएको  जानकारी दिनुभयो । 

गत कार्यकालमा आयोग सदस्यका रूपमा साउथ अस्ट्रेलियामा क्रियाशील विभिन्न समुदायको कार्यक्रममा सहभागी हुने क्रममा नेपाल र नेपालीलाई पनि चिनाउन सफल भएको उनको भनाइ छ।खड्काले नेपाली समाजको प्रतिनिधित्व गर्दै बहुसांस्कृतिक आयोगमा नियुक्त हुन पाउँदा गर्व लागेको बताइन्। उनले आयोगमार्फत नेपाली समाजलाई थप योगदान गर्दै सिंगो बहुसांस्कृतिक समुदायका हकहित र अधिकारलाई सुनिश्चितका लागि क्रियाशील रहने बताउनुभयो ।  

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि