SamwadKhabar logo

समाचार

पद र प्रतिष्ठाका भोका नेताले जनताको समस्या देख्दैनन्, सुन्दैनन् : रविन्द्र मिश्र

प्रमिला भुजेल

प्रमिला भुजेल

पद र प्रतिष्ठाका भोका नेताले जनताको समस्या देख्दैनन्, सुन्दैनन् : रविन्द्र मिश्र
२४ भाद्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पद र प्रतिष्ठाका भोका राजनीतिक नेताले जनताको समस्या देख्न र सुन्न नसक्ने बताएका छन् । आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित जोरपाटी, नयाँबस्ति सुगमनगरमा राप्रपाले आयोजना गरेको बृहत रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले सो कुरा बताएका हुन् । मिश्रले सुर्खेतमा आयोजित राप्रपाको कार्यक्रमको प्रशंसा गर्दै नेता कार्यकर्तामा पदको अहंकार र प्रतिष्ठाको भोक हुन नहुने बताए । उनले पार्टी कार्यक्रममा आसन ग्रहण, खादा, मालालाई महत्व दिनुको सट्टामा पार्टीलाई बलियो बनाउन सबै लागी पर्नुपर्ने बताए । उनले अगाडि भनें आँखा, कान छोप्ने गरी खादा माला लगाउने नेताले जनताका समस्या नदेख्ने र जनताले बोलेको पनि नसुन्ने बताउँदै नेता कार्यकर्ताले पद प्रतिष्ठाको अहंकार छोडेर, एकताबद्ध भएर पार्टी बलियो बनाउन अगाडी बढ्न आग्रह गरे ।आज जोरपाटी नयाँबस्तिमा आयोजित कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तथा गैरसरकारी समन्वय विभाग प्रमुख कुन्तिदेवि पोखरेल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदीको एवम् राप्रपा काठमाडौं ३ का क्षेत्रीय अध्यक्ष श्याम सुन्दर पण्डित, संघीय सांसदका उम्मेदवार गणेश गिरी, वागमति प्रदेशसभा सदस्य उम्मेदवार चुण्डी लामा, नगर अध्यक्ष अनिल पराजुलि, इकाई ५ का अध्यक्ष कृष्ण प्रसाद चौंलागाई, राप्रपा महिला संगठन केन्द्रीय सदस्य शर्मिला थापा पराजुलि, काठमाडौं ३ क्षेत्रीय महिला संगठन अध्यक्ष चन्द्रमाया तामाङ लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । राप्रपा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ इकाई कार्यसमितिले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भएको छ । कार्यक्रम सञ्चालन नगर कार्यसमिति सचिव नविन काफ्लेले गरेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि