SamwadKhabar logo

समाचार

गोकर्णेश्वरमा शान्ति सुरक्षाकोलागि दिर्घकालिन योजनाका साथ काम गर्दै छौं : मेयर दीपक रिसाल

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वरमा शान्ति सुरक्षाकोलागि दिर्घकालिन योजनाका साथ काम गर्दै छौं : मेयर दीपक रिसाल
१८ असोज, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले नगरपालिकामा शान्ति सुरक्षाको दिर्घकालिन व्यवस्थापनको योजना सहित दृढताका साथ अगाडी बढेको बताउनु भएको छ । मेयर रिसालले चाडपर्व नजिकिंदै जाँदा चोरिका घटना बढ्ने भएकोले सचेत रहन नगरवासीलाई आग्रह गर्नु भयो । उहाँले नगरवासीको सुरक्षाको लागि नगरपालिकाले प्रहरीसँग समन्वय गर्ने देखि लिएर सिसिक्यामरा जडान, सडकहरुमा बत्ति जडान लगायतका दिर्घकालिन व्यवस्थापनका योजना कार्यक्रमहरु ल्याएको जानकारी दिनु भयो । बेशिगाउँस्थित त्रिवेणी ब्यांकेटमा आयोजित शान्ति सुरक्षा सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर उपप्रमुख सान्नानी लामाले महंगा गरगहनाका कारण चोरी बढेकोले सचेत रहन आग्रह गर्नु भयो । आसन्न दर्शै, तिहार लगायतका चाडपर्वहरू लक्षित शान्ति सुरक्षाका विविध पक्षहरुको बारेमा राय सुझाव लिन तथा समसयाको समाधानमा सहकार्यका लागि सार्वजनिक सुनुवाइ गरिएको हो । गोकर्णेश्वर वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले शान्ति सुरक्षा दिन वडा र नगरपालिकाले प्रहरी र नागरिकसँग समन्वय गरिरहेकोमा जोड दिनु हुँदै सबै पक्षको समन्वयले मात्र शान्तिसुरक्षा र चोरीको जोखिम घटाउन सकिने बताउनु भयो । प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डेले चाडपर्व लक्षित बजार व्यवस्थापन तथा ठगि गर्नेहरूलाई कार्वाही गर्ने बताउनुभयो । पाण्डेले शान्ति सुरक्षाको सम्वन्धमा विस्तृत पक्षहरुमा जानकारी दिनु हुँदै सहभागिहरुको जिज्ञासाको समेत जवाफ दिनु भएको थियो । गोकर्णेश्वर नगरपालिका वडा नं.८, ९ र ४ तथा सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी प्रहरी वृत्त बौद्धको आयोजनामा भएको कार्यक्रम गोकर्णेश्वर वडा नं.८ का अध्यक्ष नन्दलाल श्रेष्ठको सभापतित्व एवम् नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नगर उपप्रमुख सान्नानि लामाको विशेष आतिथ्यता रहेको थियो भनें वडा नं.६ का वडा अध्यक्ष तथा नगर सुशासन समितिका संयोजक नवराज लामा, वडा सदस्यहरू लगायतको आतिथ्यथा रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि