SamwadKhabar logo

समाचार

राष्ट्रिय शोक आज

प्रमिला भुजेल

प्रमिला भुजेल

राष्ट्रिय शोक आज
२३ असोज, काठमाडौं । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । प्यालेष्टेनी अतिवादी समूह हमासको आक्रमणमा परी इजरेलमा रहेका १० जना नेपालीहरूको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । राष्ट्रिय शोक भए पनि सार्वजनिक बिदा भने दिइएको होइन । यसबारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले स्पष्ट पारिसकेकी छिन् । जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । हिजो आकस्मिक रूपमा बसेको विशेष मन्त्रिपरिषद बैठकले इजरेलमा मारिएकाहरूका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको थियो । इजरेलमा गत शनिवार प्यालेष्टेनी अतिवादी समूह हमासले अचानक आक्रमण गरेपछि ‘पढ्ने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरेल पुगेका १० जना नेपालीको हत्या भएको थियो । हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो । नेपाल सरकारले इजरेलमा रहेका नेपालीहरूको उद्दारको पहल पनि थालेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि