SamwadKhabar logo

समाचार

मिशन ताम्ले : गोकर्ण तालिन्चोकलाई “नमुना गाउँ” बनाउँने अभियान

प्रमिला भुजेल

प्रमिला भुजेल

मिशन ताम्ले : गोकर्ण तालिन्चोकलाई “नमुना गाउँ” बनाउँने अभियान
१३ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ तालिञ्चोकमा “मिशन ताम्ले” चलिरहेको छ । ऐतिहासिक देशेगाउँबाट तालिञ्चोक जोड्ने राजा महेन्द्रको पालामा बनेको ताम्ले पुलको नामसँग जोडिएको अभियानले गाउँटोलको विकासमा आपसी सहकार्यको अभ्यास गरिरहेको छ । मिशन ताम्ले, तालिञ्चोक युवा क्लब र स्थानीयसँग सहकार्य गरेर मिशन अगाडी बढेको अभियन्ता दिनेश श्रेष्ठले जानकारी दिनु भयो । युवा देखि जेष्ठ नागरिकसमेत गरी ५ जनाको समुह विशेष गरी मिशन ताम्ले अभियानमा सक्रिय रहेको छ भनें तालिञ्चोक युवा क्लब र स्थानीयहरुले समेत अभियानमा सहगोग गर्दै आएका छन् । मिसन ताम्ले अन्तर्गत तालिञ्चोक गाउँ र करिब ६० वर्ष पुरानो ताम्ले पुलको आसपासका क्षेत्रको सौन्दर्यीकरण अभिवृद्धि, खेलकुदको विकास, वातावरण सरसफाई, प्रतिजग्गाको संरक्षण, सांस्कृतिक सम्पदा तथा धिमे बाजाको संरक्षणका लागि मिशनले कार्य गर्दै आएको छ । कुनै समय ताम्ले पुल वारिपारीको अवस्था अस्तव्यस्त थियो तर मिशन ताम्लेले देशेगाउँतिरको उकालोमा दुर्घटना बढे पछि स्थानीय सरकारसँग समन्वय गरि फलामे पाईपको बार लगाएको छ । उकालोको पाखामा भु–क्षय रोक्ने र भित्ताको सौन्दर्य बढाउने घाँस लगाइएको छ । ताम्ले पुल क्षेत्र सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ । सिन्दुरे जात्रामा भैरवको रथ ल्याई त्यहाँ नुहाउने सांस्कृतिक परम्परा रहेको छ । मिशन अन्तर्गत ताम्ले पुलको सौन्दर्यीकरणका लागि पुलको दुई साइटमा गमलामा फुल रोपिएको छ भनें पुरानो भइसकेको पुल संरक्षणका लागि हेभिवेटका सवारिसाधन प्रवेश गर्न नमिल्ने गरि पुलको मुखमा गेट राखिएको छ । तालिन्चोक क्लबमुनि ओरालोमा बगैंचा सहितको सुन्दर पार्क बनेको छ । मिशन ताम्लेले साँस्कृतिक सम्पदा, परम्पराको संरक्षण गर्ने, गाउँटोलमा हरियाली कायम गर्ने, फुलबारी बनाउने, वृक्षारोपण गरि सौन्दर्यीकरण बढाउने, बाल पार्क, फल्चा निर्माण गर्ने, उदेश्य बोकेको छ । समुदायले पुस्तौदेखि प्रयोग गर्दै आएको “गुसी पौ” संरक्षण गर्ने उदेश्य पनि मिशनले बोकेको छ । मिशन अन्तर्गत तालिञ्चोक गाउँको वरपर मुल सडक बाटो गल्लिमा वृक्षारोपण, गमला सहितको फुल, राखिएको छ भनें केहि थान सिसि क्यामरा समेत जडान भएको छ । सुन्दरीजल–जोरपाटी मुल सडक खण्ड तालिञ्चोकबाट बस्ति भित्रको बाटोमा रंगिन बत्तिको व्यवस्था गरि टोलको सौन्दर्यीकरण गरिएको छ । दिर्घकालिन उदेश्य बोकेर समुदायको वरपरको सार्वजनिक जग्गा, मठमन्दिर, सांस्कृतिक पर्व, स्थानीय क्षेत्रको विकासका लागि कार्य भईरहेको र स्थानीय पहिचान झल्कने गरी खालिस्थान र भौतिक, सांस्कृतिक सम्पदाहरुको संरक्षणर र सौन्दर्यीकरण गरी नमुना गाउँ बनाउने उदेश्यले कार्य भइरहेको अभियन्ता जी.के. श्रेष्ठले बताउनु भयो । मिशनमा स्वत:स्फूर्तरुपमा ज्ञानु श्रेष्ठ, दिनेश श्रेष्ठ, शंकर श्रेष्ठ, जी.के. श्रेष्ठ, राम श्रेष्ठको सक्रियतामा भईरहेको मिशनका लागि क्लब र स्थानीयको आर्थिक तथा भौतिक सहयोग रहेको अभियन्ताहरुले जानकारी दिए । २०७८ साल असारबाट शुरु भएको मिशनले सार्वजनिक जग्गाको संरक्षण गर्दै गाउँटोलको विकास र सौन्दर्यका लागि गरेको कार्यले टोलमा राम्रो परिवर्तन देखिएको अभियन्ता दिनेश श्रेष्ठले बताउनु भयो । दीर्घकालिन योजना अन्तर्गत वागमति करिडोर क्षेत्रमा बोट चलाउने सोच रहेको उहाँले बताउनु भयो । पर्यटन व्यवसायमा आबद्ध दिनेश श्रेष्ठले देशको धेरै स्थानमा भ्रमणका क्रममा देखेर सिकेका कुरा आफ्नै गाउँठाउँमा लागू गर्ने उदेश्यले मिशन ताम्लेले सो क्षेत्रमा सांस्कृतिक स्मारकको झल्को दिने र स्थानीय क्षेत्रमा पर्यटकीय विकासको संभावनालाई समेत ध्यान दिएर कार्य भइरहेको बताउनु भयो । श्रेष्ठले “मिशन ताम्ले” नमुना तालिञ्चोक गाउँ बनाउने अभियान रहेको बताउनु भयो । उहाँले यस अभियानमा सहयोग गर्ने क्लब, स्थानीयका साथै प्रतक्ष्य अप्रतक्ष्य रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद लिनु भयो । स्वतस्फूर्तरुपमा ५ जनाको सक्रिय समुहले गाउँटोलको विकास र परिवर्तनमा भुमिका खेल्न सक्छ भन्ने उदाहरण ताम्ले मिशन रहेकोमा जोड दिनु भयो । उहाँले ताम्ले मिशनबाट अन्य गाउँटोलवासीले पनि प्रेरणा लिन सक्ने बताउनु भयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि