SamwadKhabar logo

समाचार

प्राज्ञिक विद्यार्थी परिषदले भूकम्पबाट प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने

प्रमिला भुजेल

प्रमिला भुजेल

प्राज्ञिक विद्यार्थी परिषदले भूकम्पबाट प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने
२० कार्तिक, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नपालले जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट प्रभावित १५० वटा घर परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । कार्तिक १७ गते राति ११ः४९ मिनेटमा जाजरकोटको लामि डाँका केन्द्र विन्दु बनाएर गएको ६.४ म्याग्नाच्यूटको विनाशकारी भूकम्पबाट प्रभावित १५० घरपरिवारका विद्यार्थीहरूलाई राहत स्वरूप पीडित परिवारलाई थोरै भए पनि मलम लगाउने उद्देश्यले सहयोग गर्ने परिषद्ले जनाएको हो । गत महिनामा बझाङमा गएको भूकम्पबाट प्रभावित भएका ११० घरपरिवारलाई पनि ११० थान न्यानो कम्बल विद्यार्थी परिषद्ले वितरण गरेको थियोे । विद्यार्थी परिषद्ले २०७२ सालमा गएको विनाशकारी महाभूकम्पमा पनि विभिन्न संघ संगठनहरूसँग सहकार्यगरी अर्बौं रकम बराबरको खाद्यान्न, कपडा, टेन्ड, त्रिपाल, मेडिकल सामग्रीहरू, ३ लाख भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको थियोे । त्यस बखत विद्यार्थी परिषद्ले भूकम्प गएलगतै सयौं कार्यकर्ताहरूलाई उद्वार तथा राहत वितरण कार्यमा स्वयंसेवकको रूपमा ३ महिनासम्म परिचालन गरेको परिषद्ले जनाएको छ । अहिले पनि जाजरकोट र रूकुम पश्चिममा कर्णाली प्रदेशका कार्यकर्ताहरू सम्भव भएसम्म उद्वार र राहत कार्यमा परिचालन भइरहेको र छिटै तत्काल केही खाद्यान्न र अस्थायी बस्नका लागि आवश्यक सामग्रीहरू लिएर जाने तयारी भइरहेको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिनु भएको छ । साथै परिषद्ले भूकम्पबाट मुत्यु हुने सम्पूर्ण व्यक्तिहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्नुको साथै घाइते भएका मानिसहरूको स्वास्थ्य उपचार र घरवारविहीन भएका परिवारहरूलाई तत्काल अस्थायी आवासको बन्दोबस्त मिलाउन आग्रह पनि गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि