SamwadKhabar logo

समाचार

सेवा कार्यमा हिन्दू स्वयंसेवक संघ नेपाल एक कदम अगाडि

प्रमिला भुजेल

प्रमिला भुजेल

सेवा कार्यमा हिन्दू स्वयंसेवक संघ नेपाल एक कदम अगाडि
काठमाडौं । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर यही कार्तिक १७ गते शुक्रवार राती ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निट्यूडको भूकम्प आउँदा कम्तीमा १५७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या ३७५ पुगेको छ भने ३ हजार भन्दा धेरै घरहरू क्षतिग्रस्त भएका छन् । शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पपछि पनि अन्य धेरै साना परकम्पहरू पनि केन्द्रबिन्दु आसपास गएका थिए । हिन्दू स्वयंसेवक संघ नेपालले कोभिड महामारीको समयमा धादिङको अत्यन्तै विकट गाउँपालिका, रोशी गाउँपालिका, नेपालगंज, काठमाडौं, भैरहवा, विराटनगर लगायत नेपालको नौ स्थानमा विभिन्न संघ संस्था एवं स्थानीय सरकारसँग मिलेर आईसोलेसन सेन्टर संचालन गरेर कयौं विरामीलाई निशुल्क रूपमा सेवा प्रदान गरेको कुरा सर्वविदितै छ । महेन्द्रनगर अस्पतालको हकमा संघले लगातार दुई महिनासम्म अस्पताललाई अक्सिजनको सप्लाई समेत गरेको थियो । भूकम्पको सूचना प्राप्त भएसँगै शनिवारकै दिन हिन्दू स्वयंसेवक संघ नेपालका स्वयंसेवकहरू आवश्यक खाद्यान्न, त्रिपाल, औषधी आदि सामग्री लिएर घटनास्थल तर्फ प्रस्थान गरेका थिए । विक्रम संवत २०७२ सालमा पनि भूकम्प जाँदा समेत नेपाल सरकारभन्दा पछि सबैभन्दा बढी सहयोग गर्ने सामाजिक संस्थाको रूपमा हिन्दू स्वयंसेवक संघ नेपाल रहेको थियो । जसले नेपालको भूकम्प प्रभावित १७ वटै जिल्लामा वैशाख महिनादेखि पुस महिनासम्म नै विभिन्न किसिमले सहयोगहरू गरेको थियो । देशभरिको स्वयंसेवकहरूलाई आह्वान गरेर निस्शुल्क भोजन, लत्ताकपडा, औषधी उपचार, ह्विलचेयर वितरण लगायतको कार्य गरेको कुरा सबैमाझ विदितै छ । उक्त समयावधीमा पुनर्निर्माणको कार्यमा समेत हिन्दू स्वयंसेवक संघ नेपालको उपस्थिति प्रशंसनीय थियो । यस विपदाको घडीमा हिन्दू स्वयंसेवक संघ नेपालद्वारा नेपालभरीको तीन लाख विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो जसमा स्कुल व्याग, ब्यागभित्र जोमेट्री बक्स र १० वटा कापी राखिएको थियो । त्यतिमात्र नभएर भूकम्पमा परेर आफ्ना अभिभावक गुमाएका असंख्य बच्चाहरूलाई छात्रावासमा राखेर उनीहरूको पालनपोषण सहित निःशुल्क रूपमा आज पनि शिक्षा प्रदान गर्दै आएको छ । हिन्दू स्वयंसेवक संघ नेपालले कोभिड महामारीको समयमा समेत लगातार छ महिनासम्म विभिन्न जिल्लाहरूमा  निःशुल्क रूपमा भोजन वितरण कार्यक्रमको आयोजना गरेको थियो । जतिखेर मानिस स्वयंको ज्यान जोगाउन घर भित्र लुकेर बस्न बाध्य भएको थिए, त्यस्तो विषम परिस्थितिमा समेत हाम्रो स्वयंसेवकहरू स्वयंको सुरक्षालाई ध्यानमा राख्दै सेवा कार्यमा खटिइराखेको थिए । उक्त समयावधिमा ठाउँ ठाउँमा भोजन, स्वास्थ्य सामाग्री, खाद्यसामग्री आदि वितरण गर्दै अहोरात्र रूपमा सेवा प्रदान गर्ने हाम्रा स्वयंसेवकहरू धन्यवादको पात्र छन् । धादिंगको अत्यन्तै विकट गाउँपालिका रोशी गाउँपालिका, नेपालगंज, काठमाडौं, भैरहवा, बिराटनगर लगायत नेपालको नौ स्थानमा विभिन्न संघ संस्था एवं स्थानीय सरकार सँग मिलेर आईसोलेसन सेन्टर संचालन गरेर कयौं विरामीलाई निशुल्क रूपमा सेवा प्रदान गरेको कुरा सर्वविदितै छ । महेन्द्रनगर अस्पतालको हकमा संघले लगातार दुई महिनासम्म अस्पताललाई अक्सिजनको सप्लाई समेत गरेको थियो । जतिखेर मानिस भोलिको दिनमा बिरामी परियो भने आफ्नो लागि अक्सिजन चाहिन सक्छ भनेर अक्सिजनको सिलिन्डर लुकाई रहेको थिए र बजारमा सिलिन्डरको अभाव गरिएको थियो त्यस्तो समयमा समेत हाम्रो स्वयंसेवकहरूले सिलिन्डरको व्यवस्था गरेर कैयौ अस्पतालमा बिरामीहरूलाई निस्शुल्क रूपमा अक्सिजन सिलिन्डर उपलब्ध गराईरहेका थिए । अक्सिजनको अभावले कयौं मानिसहरू मर्दै गर्दा हामीले विभिन्न देशमा रहेका हाम्रा स्वयंसेवकहरू सँगबाट हजारौं थान अक्सिजन कन्संट्रेटर मगाएर सेना, प्रहरी, सरकारी अस्पताल, आईसोलेसन सेन्टर, आदिलाई निस्शुल्क रूपमा वितरण गरिरहेको थियौं । आजसम्म पनि संघ मार्फत विभिन्न जिल्लाहरूमा स्वास्थ्य सामग्री वितरणको कार्यक्रम चलिरहेको छ । हिन्दू स्वयंसेवक संघ नेपालले गरेका यस्ता सेवा कार्यको बारेमा यहाँ जति नै लेखेपनि कम नै हुन जान्छ । राष्ट्रिय संकट एवं प्राकृतिक प्रकोपको यो विषम परिस्थितिमा सेवा सामग्री जुटाउँदै सेवा कार्यमा अघि बढ्ने सम्पूर्ण स्वयंसेवकहरूको हौसला बढाउँदै सबै क्षेत्रको स्वयंसेवकहरूलाई यस राष्ट्रिय संकटको घडीमा सेवाकार्यलाई थप तदारूकताको साथ अघि बढाउँनमा समेत आह्वान गर्दछौं । नेपाल आमाको जय । हिन्दू राष्ट्र नेपालको जय ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि