SamwadKhabar logo

               

शिक्षा

शंखरापुर शिक्षा शाखाद्वारा स्थानिय पाठ्यक्रममा त्रुटि भए सुझाव दिन आग्रह (विज्ञप्ति सहित)

प्रमिला भुजेल

प्रमिला भुजेल

शंखरापुर शिक्षा शाखाद्वारा स्थानिय पाठ्यक्रममा त्रुटि भए सुझाव दिन आग्रह (विज्ञप्ति सहित)
२२ मंसिर, काठमाडौं । शंखरापुर नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाले स्थानीय पाठ्यक्रममा कुनै त्रुटी भए सुझाव दिन आग्रह गरेको छ । शाखाले बुधबार अनुरोध पत्र (विज्ञप्ति) जारी गर्दै जनप्रतिनिधि तथा नगरवासीहरुलाई सो अपिल गरेको हो । पाठ्यपुस्तक लेखन कार्य २०७८ असार भित्र भएको र छपाई कार्य २०८० सालमा मात्र भएको अवगत गराउदै शाखाले लेखाई एवम् छपाईको क्रममा भएको प्राविधिक, गल्ती त्रुटी, फरक परेका वा छुट भएका अंश र चित्र, तथ्याङ्क्रिय प्रस्तुती अर्थात वाक्य वा वाक्याशंको सम्बन्धमा स्थानीय जानकार वा विज्ञसंग सम्पर्क र परामर्शमा अर्थ र भावमा फरक नपर्ने गरी शिक्षण सिकाई सहजीकरण गर्न अनुरोध गरेको छ । शाखाले प्रचलित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरे वमोजिम यस शंखरापुर नगरपालिकाले आधारभुत तह कक्षा १ देखि ८ सम्मका लागि १०० पूर्णाङ्क वरावरको स्थानीय विषयको रुपमा “हाम्रो शंखरापुर” स्थानीय पाठ्यक्रम निमार्ण भई विगत शैक्षिक सत्र देखि लागू गरिएकोमा शैक्षिक सत्र २०८० देखि स्थानीय विषय अनिवार्यरुपमा पठनपाठन गर्ने प्रावधान रहेको र सोही मुताविक नगरपालिकाले पूर्ववत तयार गरेको वा भएको कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तकहरु छपाई गरी परीक्षणको लागि नगरपालिकाका सवै विद्यालयमा उपलब्ध गरी गराई कार्यान्वयन भईरहेको समेत जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ– “सबै विद्यालयहरुमा उक्त विषय अध्यापन गर्ने शिक्षकहरुबाट उल्लेखित विषयमा सुझाव माग गरेका छौ र सो प्राप्त भए पश्चात सच्चाई वा परिमार्जन गरी पुनः छपाई गरी अगामी शैक्षिक सत्रमा संशोधित पाठ्यपुस्तक वा परिमर्जित अंश उपलब्ध गराईने कार्यक्रम रहेको छ । अन्तमा यहाँहरुवाट राखिएका जिज्ञासा र सुझावको स–सम्मान सो त्रुटी वा फरक परेको अंश वा चित्र वा वाक्याशं प्राप्तीको अपेक्षा सहित यहाँहरु सबै जनप्रतिनिधि, नगरवासी र पाठकवर्गमा अग्रीम धन्यवाद र आभार व्यक्त गर्दछौ ।”

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…