SamwadKhabar logo

समाचार

सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोगितामा जोड

प्रमिला भुजेल

प्रमिला भुजेल

सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोगितामा जोड
२४ मंसिर, काठमाडौं । नेपाल संवाद केन्द्रले आयोजना गरेको सामाजिक मिडिया कार्यशाला सम्पन्न भएको छ । शनिबार काठमाडौं गौरिघाटमा आयोजित कार्यशालामा समाचारका विषयबस्तु र सचेतनामुलक सन्देशलाई सकारात्मक र प्रभावकारी रुपमा सामाजिक सञ्जालमा सम्प्रेषणमा जोड दिईएको थियो । सामाजिक सांस्कृतिक मुद्दाहरूमा समाजलाई विखण्डन गर्ने, राष्ट्रियताको भावनालाई कमजोर पार्ने षडयन्त्रहरू सामाजिक सञ्जालका माध्यमबाट भइरहेको सन्दर्भमा सचेत नागरिक र सामाजिक संघसंस्थाले सामाजिक सञ्जाल तथा आम मिडियाको प्रयोग कसरी सकारात्मक र प्रभावकारी रुपमा गर्ने सन्दर्भमा कार्यशालामा व्यापक चर्चा भएको थियो । कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेदप्रकाश जीले आज प्रविधिको विकासले गर्दा सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्न सक्ने संस्थाहरूले मात्र संस्थागत उदेश्य हासिल गर्न सक्ने अवस्था आएको बताउनु भयो । संघका प्रचार प्रमुख डा. दीपक अधिकारीले नेपालमा मिडियालाई षडयन्त्रको हतियारको रुपमा प्रयोग भइरहेको प्रति ध्यानाकर्षण गर्नु हुँदै देश, जनता, स्वधर्म, संस्कृतिका विरोधीहरूको षडयन्त्र बुझेर स्वदेश र स्वधर्मको रक्षाका लागि सक्रियताका साथ अगाडी बढ्न आवश्यक रहेको बताउनु भयो । जनसमुदायको भातृत्व, एकता र संस्कृति मासेर देशको सांस्कृतिक पहिचान र एकतामा खलल पु¥याउन चाहनेहरु प्रति सचेत रहँदै जागरणमुलक कार्यमा प्रभावकारी रुपमा मिडियाका साधनहरुलाई परिचालन गर्न आवश्यक रहेको औंल्याउनु भयो । कार्यशालामा सम्पादक डा.दिपेश के.सी., अधिवक्ता अर्जुन खड्का, सांस्कृतिक जागरण अभियानका अभियन्ता सन्तोष आचार्यले आमसञ्चारका माध्यम र सामाजिक सञ्जालका विभिन्न आयामका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि