SamwadKhabar logo

समाचार

“योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति” देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट

प्रमिला भुजेल

प्रमिला भुजेल

“योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति” देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट
पुष २, काठमाडौ । योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट भएको छ । केन्द्रीय समितिको मूल्यांकन, स्थानीय क्षेत्रमा सक्रियता र योगदानको आधारमा गोकर्णेश्वर नगर कार्यसमिति देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट भएको हो । चितवनको धावन पार्टी प्यालेसमा मंसिर ३० गते शनिबार भएको तेस्रो बार्षिक साधारण सभाबाट गोकर्णेश्वर नगर कार्यसमिति उत्कृष्ठ नगर समिति घोषणा गर्दै विशेष अवार्ड प्रदान गरिएको नगर अध्यक्ष कृष्ण प्रसाद चौंलागाईले संवाद खबरलाई जानकारी दिनुभयो । कार्यक्रममा देशै भरिबाट विभिन्न जिल्ला, नगरपालिका र गाउपालिकाका समिति मध्ये उत्कृष्ट जिल्ला चितवन कार्यसमिति, उत्कृष्ट जिल्ला अध्यक्ष कपिलवस्तु, उत्कृष्ट नगरपालिका गोकर्णेश्वर नगर कार्य समिति र सर्वोत्कृष्ट सिएफएन हिरो मकवानपुर जिल्लाकी साहारा बोहरालाई विशेष अवार्डद्वारा सम्मान गरिएको थियो । यसैगरी गोकर्णेश्वर नगर समितिका सल्लाहकार केशव प्रसाद दङ्गाल केन्द्रिय समिति सदस्य चयन भएका छन् । प्राथमिक उपचार हाम्रो सरोकार एक घर एक प्राथमिक उपचार स्वयंसेवक मुल उदेश्यले खोलिएको योगदान राष्ट्रको लागि सस्थाको केन्द्रिय अध्यक्षमा पुनस् ओम प्रसाद उप्रेती निर्वाचित भएका छन् । तेस्रो बार्षिक साधारण सभाबाट उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिती चयन गरिएको हो । उप्रेती यसअघि २ कार्यकाल अध्यक्ष थिए । उप्रेती तेस्रो पटक पनि अध्यक्ष भएका हुन् । समितिको उपाध्यक्षमा राहुल कौशल, सचिवमा बिष्णु भण्डारी, कोषाध्यक्षमा दीर्गराज भट्रराई तथा सदस्यहरुमा अभिषेक उप्रेती, खेम उप्रेती, संयोग ढकाल, उद्धव ढकाल, केशव प्रशाद दंगाल, राम सरण पाठक, रूपक कालीराज, हरिण्य उप्रेती र प्रेम प्रसाद गौतम रहेका छन् । कार्यक्रम प्रदेश सांसद माननीय ज्ञानजङ लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोकर्णेश्वर नगर अध्यक्ष कृष्ण प्रसाद चौलागाईंले शुभकामना मन्तव्य दिनु भएको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि