SamwadKhabar logo

               

कर्णाली प्रदेश

कलव बस्नेत र एलिना परियार उदारहणीय अन्तरजातीय जोडी

प्रमिला भुजेल

प्रमिला भुजेल

कलव बस्नेत र एलिना परियार उदारहणीय अन्तरजातीय जोडी
१३ पुष, काठमाडौं । सल्यान जिल्लाको बागचौर नगरपालिका—५ सिर्पटोलका अन्तरजातीय विवाह गर्ने एक जोडी अहिले उदाहरणीय बनिरहेको छ । अन्तरजातीय विवाह गर्ने कलव बस्नेत र एलिना परियारको विवाहको दुई वर्ष पूरा भएपछि घरपरिवारले स्वीकार गरेको छ । गत मंसिर २३ गते धूमधामका साथ हिन्दु परम्पराअनुसार उनीहरूको घरमै विवाह समेत भयो । यसले समाजमा जातीयतालाई हेर्ने दृष्टिकोण परिवर्तन भईरहेको देखिन्छ भनें समाजमा जातीय कट्टरता कमी भईरहेको छ । २४ वर्षीय बस्नेत  सल्यानबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका—२ सिम्रुतुमा आई कपाल काट्ने व्यवसाय सञ्चालन गरे पछि त्रिवेणी माध्यमिक विद्यालयमा कृषि प्राविधिक विषयमा अध्ययनरत एलिनासँग उनको परिचय भएको थियो । विस्तारै परिचय परिचयमा मात्र सीमित भएन, प्रेमसम्बन्ध मौलायो । प्रेमसम्बन्ध सुरु भएको तीन वर्षपछि भने दुवै जनाको विवाहको कुरा चल्यो । २०७८ साल मंसिर ३ गते कर्णाली प्रदेशकै धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित रुकुमपश्चिमको मुसीकोट नगरपालिका—५ थर्पुमा लाग्ने डिग्रे मेलामा दुवै जनाको सहमति भएपछि कलवले एलिनालाई आफ्नो कोठामा लिएर आए । उक्त कुरा घरपरिवारलाई चित्त बुझेको थिएन। यही कारण उनले श्रीमतीलाई घर लैजान सकेका थिएनन् । मंसिर २३ गते धूमधामका साथ हिन्दु परम्पराअनुसार उनीहरूको घरमै विवाह भए पछि घर परिवार र माइती पक्ष दुबै तिर खुसियाली छाएको छ । जातीय कारणले विभिन्न ठाउँमा घटेका घटनाहरूले माइती परिवारलाई चिन्ता थपेको थियो । पछि केही घटना नहोस् भनेर छोरीलाई पनि छोराबराबरको अंश दिएर माइती परिवारले आफूसँगै बसाल्न चाहेको भए पनि घरपरिवारले स्वीकार गरेपछि माइती परिवार पनि खुसी रहेको बस्नेत दम्पतीको भनाइ छ । समाजमा देखिएको जातकै कारण भएको विभेद र समाज परिवर्तनको निम्ति आफूहरूले अन्तरजातीय विवाह रोजेको बस्नेत दम्पतीको भनाइ छ । जातीय विभेद अन्त्य गर्ने उद्देश्यले अन्तरजातीय विवाह रोजेको हुँ। सबै जात एउटै हो, मन मिलेपछि किन विवाह नगर्ने । आफ्नो अधिकारको कुरा हो’, बस्नेतले भने । अहिले श्रीमान् हेयर कटिङ व्यवसायमै जमेका छन् भने उनकी श्रीमती एलिनाले कृषि जेटिए पढाइ सकेर रुकुमपश्चिमकै त्रिवेणी गाउँपलिकाको ८ नम्बरमा रहेको जनप्रिय मावि पेउघामा कृषि प्रशिक्षकको रूपमा कार्यरत छन् । जोडीलाई सम्मान अन्तरजातीय विवाहबन्धनमा बाधिएको यो जोडीलाई वडा कार्यालयले सम्मान गरेको छ । माइतीतर्फ रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका—६ ले विवाह गरेर पहिलोपटक माइतमा आएको अवसर पारेर अन्तरजातीय जोडीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा राजनीतिक दल, समाजसेवीलगायतले बधार्ई तथा शुभकामनासमेत दिएका थिए । उक्त कार्यक्रममा सहभागी रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउलेले समाज रूपान्तरणबिना आर्थिक समृद्धि सम्भव नहुने बताइन् । एलिनाको माइतीघरमा आयोजना गरिएको ‘अन्तरजातीय विवाह सम्मान’ कार्यक्रममा उनले समाज रूपान्तरणका लागि अन्तरजातीय विवाह कोशेढुंगा सावित हुने बताइन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१३ भाद्र, काठमाडौं । सुर्खेतजुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमा…

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

साउन २०, काठमाडौं । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी हुनुभ…

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ जना घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ जना घाइते

जेठ ७, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएक…

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

चैत्र २८, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । मंगलव…