SamwadKhabar logo

               

विविध

चक्रवर्ती कलेजका सञ्चालकमाथि कुटपिट, छोरासहित २४ जना पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

चक्रवर्ती कलेजका सञ्चालकमाथि कुटपिट, छोरासहित २४ जना पक्राउ
पुष २४, काठमाडौं । काठमाडौँको बिजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि उनका छोरा निरज भण्डारीसहित २४ जनाको समूहले कुटपिट गरेको छ। उनलाई छोरासहितको समूहले कलेज विवादमा सोमवार दिउँसो  धारिलो हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ।
घाइते भण्डारीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। कलेज स्रोतका अनुसार, भण्डारी बाबुछोराबीच कलेज सञ्चालनका विषयलाई लिएर केही समयदेखि विवाद हुँदै आएको तथा सोमवारदेखि छोराले कलेज व्यवस्थापनको सबै जिम्मा लिने बताउँदै आएका थिए। छोरा निरजले ‘देबेन्द्र भण्डारीलाई प्रवेश निषेध’ लेखेको ब्यानरसमेत कलेज परिसरमा टाँसेका थिए। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। पक्राउ पर्ने अन्यमा कैलालीका धिर्खबहादुर रोकाया, चक्रमपथका अभिनक सिंह राठौर, सुनसरीका क्षितिज कोइराला, खोटाङका अमरबहादुर विक, उदयपुरका जीवन भुजेल, ललितपुरका केशव देशार, सल्यानका रिजन केसी र मकवानपुरका भिमलाल वाइवा छन् । त्यस्तै, मकवानपुर घर भइ चापागाउँ बस्दै आएका मनिष थिङ, ललितपुरका रजित बेन्जकार, संजय महर्जन, काभ्रेका भिमबहादुर तामाङ, चैरमान लामा, हुम्बु लामा, छेगु लामा, ललितपुरका वीजेन्द्र महर्जन, झापाका विकास मोदे, लतिलपुरका जितेन्द्र श्रेष्ठ, मकवानपुरका सञ्चार सिंह भोलान,  बझाङका सेरेन जोशी, काभ्रेका सुजित दाहाल, गोरखाका शुशान्त पाण्डे र बाग्लुङका जगत आचार्य छन् । उनीहरुलाई प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको एसपी ढुंगेलले बताए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहनुभएको नेपाल प्रहरीका प…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

५ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सभापति रवि ला…