SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोकर्णेश्वरमा चिकित्सकको सिफारिस बिना साइक्याट्रिक औषधी बिक्रि गर्न नपाइने

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वरमा चिकित्सकको सिफारिस बिना साइक्याट्रिक औषधी बिक्रि गर्न नपाइने
माघ ३, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले मनोदिपक तथा साईक्याट्रीक जस्ता औषधि लागु औषधको रुपमा जथाभावी बिक्रि नगर्न अनुरोध गरेको छ । आज नगर प्रमुख दिपक रिसालले जारी गर्नु भएको सुचनामा त्यस्ता औषधि चिकित्सकको सिफरिसबिना बिक्रि गर्ने औषधी पसलहरुलाई कडा भन्दा कडा कारवाही गर्ने जनाइएको छ । सूचनामा त्यस्ता औषधीहरु विक्रवितरण भएको भेटिएमा कानुन बमोजिमको कडा भन्दा कडा कारवाही गरिने र औषधी पसल÷ क्लिनिकलाई शिल गरिने समेत जानकारी गराईएको छ । गोकर्णेश्वर नगरपालिका अन्तर्गत रहेका औषधी पसल तथा क्लिनिकहरुबाट चिकित्सकको सिफारिस विना मनोदिपक तथा साइक्याट्रिक औषधीहरु लागु औषधको रुपमा विक्रिवितरण भएको जानकारी प्राप्त भएको जनाउँदै नगरपालिकाले त्यसले नगर क्षेत्रमा दुव्र्यसन बढाउने भएकाले मनोदिपक तथा साईक्याट्रीक जस्ता औषधि लागु औषधको रुपमा जथाभावी बिक्रि नगर्न अनुरोध गरेको छ । नगरपालिकाले नगरभित्र संचालित अस्पताल, औषधी पसल, क्लिनिक, वैकल्पिक चिकित्सा र आयुर्वेदिक औषधी पसल नगरपालिका कार्यालयमा सूचिकृत गराई व्यावसाय दर्ता गरी मात्र संचालन गर्न अनुरोध गरेको छ । साथै, अन्यथा नियमानुसार कारवाही गरिने जानकारी समेत दिएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

गैँडा स्थानान्तरणमा रोकको माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

गैँडा स्थानान्तरणमा रोकको माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

२६ कार्तिक, काठमाडौं । नवलपुरका गैंडाहरु अन्यत्र स्थानान्तरण गर्ने काममा रोक लगाउन नव…

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

२३ कार्तिक, काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिर…

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

१२ कार्तिक, काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा एक अर्ब रु…

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

८ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्र…