SamwadKhabar logo

               

खेलकूद

यु–१९ विश्वकप क्रिकेट : नेपाल न्युजिल्यान्डसँग पराजित

प्रमिला भुजेल

प्रमिला भुजेल

यु–१९ विश्वकप क्रिकेट :  नेपाल न्युजिल्यान्डसँग  पराजित
माघ ८, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा क्रिकेट प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग नेपाल पराजित भएको छ । आइतवार भएको खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । इस्ट लण्डनमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २३८ रन बनायो । नेपालका लागि अर्जुन कुमालले ९० रनको अर्धशतकीय पारी खेले । शतक बनाउनबाट १० रनले चुकेका उनले १०४ बलमा १२ चौका प्रहार गरे । नेपालका कप्तान देव खनालले ३६ रन बनाउँदा सुवास भण्डारीले ३३ तथा दिपक बोहराले १५ रन जोडे । न्युजिल्यान्डका लागि मसोन काल्करले तीन विकेट लिए । त्यस्तै वाल सेल्डरले र अस्कर ज्याकसनले दुई–दुई विकेट लिँदा माट रोय र जेस कमिङले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि सेन्हिथ रेड्डीले १४७ रनको शतकीय पारी खेले । १२५ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै कप्तान ओस्कर ज्याक्सनले ७५ रनको अर्धशतकीय पारी खेले । ८१ बले खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे । न्युजिल्यान्डका टोम जोनेसले ३३ रन बनाउँदा लुक वाट्सनले १४ रन बनाए । नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिए । त्यस्तै गुलशन झाले दुई विकेट लिँदा दिपेश कण्डेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिए । विश्वकप यु–१९ क्रिकेटमा न्युजिल्यान्डले नेपाललाई हराएको यो पहिलो पटक हो । यसअघि यी दुई देशबिच दुई पटक भएको भिडन्तमा नेपालले बाजी मारेको थियो । सन् २००६ र सन् २०१६ मा भएको यु–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…