SamwadKhabar logo

               

शिक्षा

त्रिविको उपकुलपति बन्न २ महिला र ४१ पुरूषको आवेदन

प्रमिला भुजेल

प्रमिला भुजेल

त्रिविको उपकुलपति बन्न २ महिला र ४१ पुरूषको आवेदन
माघ ९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यो अवधिमा ४१ पुरुष र २ जना महिलासहित ४३ जनाको आवेदन छ । उपलकुलपति बन्ने इच्छा व्यक्त गर्दै आवेदन दिनेहरुमा त्रिविका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजंग बराल छन् । त्रिविको मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन कुसुम शाक्य, त्रिविका पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल, त्रिविका पूर्व रेक्टर गुणनिधि न्यौपाने, खुला विश्वविद्यालयका पूर्व कार्यवाहक उपकुलपति प्रा.डा. इन्द्र कार्की, त्रिविको इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोख्रेलले पनि निवेदन दिएका छन् । यसैगरी प्रा.डा. टंकनाथ धमला, प्रा.डा. आनन्दबल्लभ जोशी, प्रा.डा. अक्कलजेभ मिश्र, प्रा.डा. ऋदिश कुमार पोखरेल, प्रा.डा. ज्ञानेन्द्र प्रसाद पौडेल, प्रा.डा. महेन्द्र चालिसे, प्रा.डा. भोजराज अर्याल, प्रा.डा. नारायण प्रसाद बेल्बासे, प्रा.डा. हेमराज शर्मा, प्रा.डा. वेदनाथ शर्मा, प्रा.डा. प्रकाश घिमिरे (काठमाडौं), प्रा.डा. प्रकाश घिमिरे (गोरखा)ले पनि आवदेन दिएका छन् । प्रा.डा. केदारनाथ घिमिरे, प्रा.डा. महेन्द्रप्रसाद शर्मा, प्रा.डा. विनोद पराजुली, प्रा.डा. देवबहादुर खड्का, प्रा.डा. कृष्णराज तिवारी, प्रा.डा. गोविन्द सुवेदी, प्रा.डा. नवराज देवकोटा, प्रा.डा. रामप्रसाद रेग्मी, प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. त्रिरत्न बज्राचार्य, प्रा.डा. एकराज ओझा र प्रा.डा. प्रमोद कुमार झाको पनि आवेदन परेको छ । यसैगरी डा. रामचन्द्र बस्नेत, डा. विनय कुमार झा, डा. नारायण शुभ पाठक, नारायणप्रसाद पाठक, संगीता रायमाझी, सन्जय आचार्य, सूर्यबहादुर थापा, भिमसेन देवकोटा र बालमुकुन्द रेग्मीले पनि त्रिविको उपकुलपतिका लागि आवेदन दिएका छन् । त्रिविले आवेदकहरुमध्येबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक पाउने तीन जनाको नाम शिक्षा मन्त्री नेतृत्वको सिफारिस समितिले कुलपति एवम् प्रधानमन्त्रीलाई बुझाउँछ । ती तीन जनामध्ये एक जनालाई कुलपतिले उपकुलपति नियुक्त गर्ने छन् । उपकुलपतिका लागि आवेदन दिने म्याद १५ दिनको थियो । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…