SamwadKhabar logo

               

विविध

एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको घर जग्गा लिलामीको सूचना

प्रमिला भुजेल

प्रमिला भुजेल

एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको घर जग्गा लिलामीको सूचना
माघ ९, काठमाडौँ । नेकपा (एमाले) का दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामी सम्बन्धी सूचना प्रकाशित भएको छ । नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामीको ३५ दिने सूचना निकाल्दै फागुन १० गत भित्र कर्जा चुक्ता गर्न भनेको छ । पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैंकबाट कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ताको रूपमा बसेका थिए । नेम्वाङका भाइ बुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएकी थिइन् । जसअनुसार बैंकले लिम्बुसँगै कम्पनीका अर्का सञ्चालक झापास्थित शान्तिनगर–५ का रुद्रप्रसाद गिरी पनि थिए । बैंकले नेम्वाङसँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङ्सो, सम्याङ, भाइ सुरेश कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावती लगायतको नाममा ३५ दिने लिलामीको सूचना निकालेको छ । त्यस्तै व्यक्तिगत जमानीकर्ताको रूपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी भएको छ । बैंकले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलाम स्थित इलाम–२ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगतगापात समेत लिलामी हुने बताइएको छ । बैंकले जारी गरेको सूचनामा भनिएको छ- ‘ऋणीहरूले लिएको कर्जाको साँवारव्याज नियमित रूपमा नतिरेको हुँदा सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन (अर्थात् मिति २०८०/११/१० गते) मित्रमा ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्नरगराउनुहुन यो अन्तिम मौका दिइएको छ ।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …