SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोकर्णेश्वर नगरपालिका र मनास्लु वर्ल्ड कलेज बिच छात्रवृत्ति तथा शैक्षिक सम्झौता

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वर नगरपालिका र मनास्लु वर्ल्ड कलेज बिच छात्रवृत्ति तथा शैक्षिक सम्झौता
माघ १६, काठमाडौं । काठमाडौं, चाबहिलको चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेज र गोकर्णेश्वर नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। मनास्लु कलेज र नगरपालिकाको सहकार्यमा यस नगरपालिकाको जेहेन्दार विपन्न वर्गका अधिकतम पाँच जना विद्यार्थीहरूलाई छात्रवृत्ति दिनुको साथै शैक्षिक परामर्शका कार्यक्रम गरिने विषयमा द्वीपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार  गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा जेहेन्दार, बिपन्न तथा लक्षित वर्गका अधिकतम पाँच जना विद्यार्थीहरूलाई छात्रवृत्ति सहुलियतमा मनास्लु वर्ल्ड कलेजमा अध्ययनको अवसर प्रदान गरीने छ । ५ जनाको कोटा पुगेपछि नगरपालिकाको सिफारिसमा अरू विद्यार्थीहरूलाई २० प्रतिशत छुट प्रदान गरिने छ । गोकर्णेश्वर नगरपालिकाभित्रको शैक्षिक विकासका क्षेत्रमा मनास्लु वर्ल्ड कलेजको सहभागीता रहने, नगरपालिकाभित्र संचालन हुने शैक्षिक विकासका कार्यक्रमहरूमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण गर्ने, नगरपालिकामा संचालित विधालयमा शैक्षिक गुणस्तर अभिवृद्धि र अनुकुल शिक्षण सिकाई वातावरण निर्माणका लागि शिक्षक तालिम र बिद्यार्थी परामर्श जस्ता कार्यक्रम संचालन गर्न सहयोग गर्ने छ । गोकर्णेश्वर नगरपालिकाको तर्फबाट नगर प्रमुख दिपक कुमार रिसाल र मनास्लु वर्ल्ड कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामा र कलेजका प्रिन्सिपल राजन श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । द्वीपक्षीय सम्झौता हस्ताक्षर कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, वडा सदस्यहरूलगायतको उपस्थिति रहेको थियो।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…