SamwadKhabar logo

समाचार

बसको ठक्करबाट पूर्वमन्त्री बलराम पौडेलको निधन

प्रमिला भुजेल

माघ १७, काठमाडौं । नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदै गरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट ६३ वर्षका बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको हो । बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेको पौडेललाई घाइते बनाएको थियो । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएको र उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताउनुभयो । उहाँ चितवन भरतपुर महानगरपालिका–१७ बेलुवाका स्थायी बासिन्दा हुनुहुन्छ । पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभएको थियो । उहाँ कांग्रेसको महासमिति सदस्यसमेत हुनुहुन्थ्यो । बसचालक लमजुङ राइनस नगरपालिका–२ बराङखोलाका २६ वर्षीय विष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि