SamwadKhabar logo

               

विज्ञान प्रविधि

टेलिकमले सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

Pramila Bhujel

Pramila Bhujel

टेलिकमले सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा
माघ २२, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र कार्यक्रमलाई अवलम्बन गरी सूचना प्रविधिको तीव्र विकास भइरहेको आजको विश्व परिवेशमा ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । फोरजी सेवाको बिस्तार र यसको उपयोगमा उल्लेखनीय वृद्धि, अप्टिकल फाइबर योजनाहरु यथाशीघ्र सम्पन्न, सेवाको गुणस्तरमा उल्लेखनीय वृद्धिमा जोड दिँदै एफटिटिएच व्यवसायको आक्रामक विस्तार, आय चुहावटको नियन्त्रण, एसएमएस गेटवे उचित दरमा दिने गरी विस्तार गर्न आग्रह गर्दै पूर्वाधार कम्पनी, आईटी कम्पनी स्थापनाका साथै नमस्ते पे को व्यापारमा बिस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गर्नुभयो । मन्त्री शर्माले कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्था अनुसार कम्पनीले आगामी दिनहरुमा लिने पहलहरुमा सूक्ष्म रुपमा अध्ययन गरेर बजारको आजको अवस्था र आगामी दिनमा आईपर्ने कुरालाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना तयार गर्न आग्रह गर्नुभयो । सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएकाले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्ने भइरहेको जानकारी दिनुभयो । दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुबै खालका काम अघि बढाइएको जानकारी दिंदै उहाँले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरेको बताउनुभयो । यो वर्ष मात्रै नयाँ फ्रिक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यक र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उहाँले नेपाललाई डिजिटलाइजेसनमा लैजान डिजिटल पूर्वाधार अनिवार्य शर्त भएको बताउनुभयो । टेलिकमको गुणस्तर सुधार र विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले कर्मचारीले पाउनुपर्ने सबै सुविधा कम्पनी लिने र कर्मचारीले पनि आफ्नो पेशागत दायित्वलाई राष्ट्रिय दायित्व सम्झेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका टेलिकमका सेवा सुविधा र आगामी योजनाबारे नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडीले जानकारी गराउनुभएको थियो । कम्पनीका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारी र नेपाल टेलिकम सञ्चालन समितिका सदस्य शङ्कर लामिछानेले पनि शुभकामना दिनुभएको थियो ।

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

वैशाख ३, काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु' भएको छ …

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

चैत्र २८, काठमाडौं । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उ…

गुल्मीमा विद्युतीय गाडी संचालन

गुल्मीमा विद्युतीय गाडी संचालन

चैत्र २३, काठमाडौं । गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्…

भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

चैत्र २१, काठमाडौं । भारतमा मन्दिरका लागि एक जना भक्तले कृत्रिम रोबट हात्ती उपहार दि…