SamwadKhabar logo

               

विविध

उत्तराखण्ड समान नागरिक संहिता विधेयक पारित गर्ने भारतको पहिलो राज्य

प्रमिला भुजेल

प्रमिला भुजेल

उत्तराखण्ड समान नागरिक संहिता विधेयक पारित गर्ने भारतको पहिलो राज्य
माघ २५, काठमाडौं । भारतमा देवभूमि उत्तराखण्डले समान नागरिक संहिता (युसिसि) विधेयक पारित गरेको छ ।  ऐतिहासिक कदम चाल्दै उत्तराखण्ड विधानसभाले बुधवार समान नागरिक संहिता विधेयक पारित गरेको हो । देशका सबै नागरिकका लागि समान नागरिक संहिता पारित गर्ने उत्तराखण्ड स्वतन्त्र भारतको पहिलो राज्य बनेको छ । भारतमा धर्म हिन्दू, मुस्लिम, इसाइ लगायतका धर्मका नागरिकका लागि धर्म अनुसार फरक फरक किसिमका पारिवारिक कानून रहेको थियो । तर समान नागरिक संहिता (युसिसि) विधेयक पारित भए पछि सबैका लागि देश/ राज्यको कानून समान हुनेछ । जुनसुकै धर्मका सबै नागरिकका लागि समान विवाह, सम्बन्ध विच्छेद, जग्गा, सम्पत्ति र पैतृक कानुन निर्माण गर्ने उद्देश्यले मंगलबार मुख्यमन्त्री पुष्करसिंह धामीले युसिसि विधेयक पेश गरेका हुन् । यसअघि विधेयकमाथि संसदमा चर्को बहस भएको थियो भने बुधबार पनि त्यसमाथिको छलफल जारी रहेको थियो । विपक्षी दलका सदस्यले पहिले यो विधेयकलाई सदनको चयन समितिमा पठाउन माग गरेका थिए । तर, त्यसपछि उक्त विधेयक संसदबाट ध्वनी मतबाट पारित भएको थियो । भारतको इतिहासमा स्वतन्त्र भारतमा समान नागरिक संहिता पारित गरेर उत्तराखण्डले इतिहास रचेको छ । सबै धर्मका लागि समान कानुन !  धामी सरकारले यूसीसी ऐन पारित गर्न संसदको विशेष अधिवेशन बोलाएको थियो । युसिसिमा विवाह, सम्बन्ध विच्छेद, उत्तराधिकार, धर्मपुत्र र अन्य मामिलाहरू सम्बन्धी सबै धार्मिक समुदायहरूमा साझा कानूनहरू समावेश छन् । यो मस्यौदा तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको थियो । सेवानिवृत्त न्यायाधीश रञ्जना प्रकाश देसाईको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले शुक्रबार मुख्यमन्त्री पुष्कर सिंह धामीलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनका आधारमा संसदबाट पारित भई ऐन बनेको हो । मुख्यमन्त्री धामीले के भने ?  मुख्यमन्त्री धामीले यो कुनै साधारण विधेयक नभई भारतलाई एकताको सूत्रमा बाँध्ने कानुन हो भनेका छन् । धामीले भारतको संविधानका निर्माताहरूले बनाएको संविधानको आधारमा देवभूमि उत्तराखण्डबाट सोही अवधारणा लागू गर्न लागिएकोमा जोड दिए । उनले यसलाई ऐतिहासिक विधेयक भनेका छन् । उनले यस्तो ऐतिहासिक अवसर पाउनु देवभूमि उत्तराखण्डको सौभाग्य रहेको बताए । मुख्यमन्त्री धामीले अगाडि भने– “भारतमा धेरै ठूला राज्यहरू छन् तर उत्तराखण्डले यो अवसर पाएको छ । इतिहास लेख्ने अवसर पाएकोमा हामी सबैलाई गर्व छ ।”

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …