SamwadKhabar logo

               

विविध

नवलपरासी पश्चिममा हजुरबुवा र नाती मृत फेला

प्रमिला भुजेल

प्रमिला भुजेल

नवलपरासी पश्चिममा हजुरबुवा र नाती मृत फेला
फागुन १, काठमाडौं । नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाती गौचरण चमार मृत अवस्थामा फेला परेका छन् । आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ उनीहरूको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रमेश बोहराका अनुसार उनीहरुको शव १५ मिटर दुरीको फरकमा उत्तानो परेको अवस्थामा भेटिएको हो । हजुरबुवा र नाती विगत ४।५ बर्ष अगाडिदेखि खपट्टाले छाएको कच्ची छाप्रोमा बस्दै खेतिपाती गर्दै आएका थिए । यक्षलाल एक छोरा, बुहारी र दुई नाती र एक नातिनीसँग बस्दै आएका थिए । उनका छोरा रोजगारीका लागि एक–डेढ महिनाअघि भारत गएका थिए । श्रीमान् भारत गएपछि बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर भारतस्थित माइत गएकी थिइन् । घरमा यक्षलाल एक नातीसँग मात्र बस्दै आएका थिए । दुई जनाको शव फेला परेको सूचना पाएपछि प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको थियो । उनीहरुको मृत्युको कारण नखुलेको र तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …