SamwadKhabar logo

               

खेलकूद

एसिसी महिला प्रिमियर कप: क्वाटरफाइनलमा कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

प्रमिला भुजेल

प्रमिला भुजेल

एसिसी महिला प्रिमियर कप: क्वाटरफाइनलमा कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल
फागुन २, काठमाडौं । मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले कुवेतविरुद्ध टस जितेर पहिले फिल्डियङ गरिरहेको छ। यसअघि समूहचरणमा सतप्रतिशत जित सहित क्वाटरफाइनलमा पुगेको नेपाल कुवेतलाई हराउँदै अघिल्लो चरण पुग्ने लक्ष्यमा रहेको छ। समूह ‘डि’ को विजेताका रुपमा क्वार्टरफाइनल पुग्दा नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको थियो। नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो। प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी-२० एसिया कपमा सहभागिता जनाउन पाउने छ। एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोलीको सहभागिता रहने छ। प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुने छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…