SamwadKhabar logo

               

खेलकूद

आजबाट त्रिकोणात्मक टी-२० श्रृंखला सुरु, पहिलो खेल नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दै

प्रमिला भुजेल

प्रमिला भुजेल

आजबाट त्रिकोणात्मक टी-२० श्रृंखला सुरु, पहिलो खेल नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दै
फागुन १५, काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० श्रृंखला मंगलवारबाट सुरु हुँदै छ। पहिलो खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ११ः३० मा सुरु हुने छ। आइसिसी क्रिकेट विश्वकप लिग२ को समापनपछि टी–२० विश्वकपको तयारीस्वरूप यो सिरिज हुन लागेको हो। आगामी जुनमा हुने टी-२० विश्वकपको तयारीका लागि नेपाले विभिन्न अन्तर्राष्ट्रिय सिरिजको तयारी गरिरहेको छ। भर्खरै सम्पन्न भएको विश्वकप लिग– २ अन्तर्गतको घरेलु सिरिजमा नेपालले ४ खेलमा एक मात्र जित हासिल गर्न सफल भयो। नामिबियाले भने ४ खेलमध्ये तीन खेलमा जित निकालेर शीर्ष स्थानमा रह्यो। नेपालले विश्वकप लिग–२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ। नेपाली टिमः रोहित पौडेल (कप्तान) आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा नामिबियाको टिमः जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि–इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे र मलान क्रुगर

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…