SamwadKhabar logo

               

प्रदेश

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिँदै
फागुन २०, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथाको माध्यमबाट छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो । आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । बाँकी रहेको एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् । कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको छ । नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण भने सोमबार बिहान साढे १० बजे संसद भवनको ल्होत्से हलमा हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छिन् । २०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेर विदा हुनेहरुमा सबैभन्दा धेरै नेकपा एमालेका ९ जना सदस्य छन् । उनीहरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल ९पार्वती०, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई र एमालेकै कोटामा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल पनि आज सकिएको छ । नेपाली कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ पनि राष्ट्रिय सभाबाट बिदा भएका छन् । माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा विदा भएका छन् ।नेकपा एकीकृत समाजवादीका नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा, खिमलाल देवकोटा र जसपाकी प्रमिला कुमारी पनि राष्ट्रिय सभा सदस्यबाट विदा भएका छन् ।  

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

बीमा कम्पनीहरूद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा पौने ३ अर्ब भुक्तानी

बीमा कम्पनीहरूद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा पौने ३ अर्ब भुक्तानी

१२ कार्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ …

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान …

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…