SamwadKhabar logo

               

राजनीति

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

प्रमिला भुजेल

प्रमिला भुजेल

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमवार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् । उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने छ । 

२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए । बझाङमा लैङ्गिक हिंसाविरुद्धको अभियान समेत चलाएका उनलाई एमालेभित्र इमानदार, भद्र र शालिन व्यक्तिका रुपमा चिनिन्छ ।

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सबै

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्यान्ड प्रस्थान गर्नुभएको …

राजेन्द्र महतोको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर

राजेन्द्र महतोको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर

८ माघ, काठमाडौं । राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आय…

मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छः वर्षमान पुन

मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छः वर्षमान पुन

६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले नि…

मेयर बालेनद्वारा काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठको शपथ ग्रहण

मेयर बालेनद्वारा काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठको शपथ ग्रहण

१८ मंसिर, काठमाडौं । गत आइतवार काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्व…