SamwadKhabar logo

               

धर्म संस्कृति

अमेरिकाको मेरिल्यान्डमा १० फिट अग्लो शिव मूर्तिको प्राण-प्रतिष्ठा

प्रमिला भुजेल

प्रमिला भुजेल

अमेरिकाको मेरिल्यान्डमा १० फिट अग्लो शिव मूर्तिको प्राण-प्रतिष्ठा
फागुन २८, काठमाडौं । अमेरिकाको मेरिल्यान्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन सहरमा मार्च ८ शुक्रवार महाशिवरात्रिको पावन अवसरमा १० फिट उचाइ भएको शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण–प्रतिष्ठा भव्यताको साथ सम्पन्न गरिएको छ । बसाहा, त्रिशूलसहितको स्थापित शिवको मूर्तिलाई श्री पशुपति बुद्ध मन्दिरमा १२ बजे पछि रुद्री अभिषेक गरी प्राण प्रतिष्ठा सम्पन्न गरिएको हो । नेपाली समुदायद्वारा अमेरिकाको विभिन्न राज्य र सहरहरूमा स्थापना गरिएका मन्दिरहरूमा स्थापना गरिएका देवी देवताका प्रतिमाहरूमध्ये यो सबैभन्दा ठुलो प्रतिमा भएको बताइएको छ । सन् २०१७ मा ठुलो बुद्धको मूर्ति यही मन्दिरको अर्को स्थान वेल्सभिलमा स्थापना गरिएको थियो भने हाल उक्त मूर्ति पनि जर्मनटाउन मै सारिएको छ । यो विशाल मूर्ति दीपक श्रेष्ठ ,सुनिल श्रेष्ठ , नानी मैया श्रेष्ठ तथा उनीहरूकै सबै सम्पूर्ण परिवारहरूले पशुपति बुद्ध मन्दिरलाई प्रदान गरेका छन् । साथै महाशिवरात्रिको कार्यक्रम अन्तर्गत ५ देखि ६ः३० सम्म सङ्कल्प पूजा र ६ बजे शिव धुनी गरिएको थियो । मन्दिरका पण्डित गोविन्द अधिकारीले सबै पूजा अर्चना, प्राण प्रतिष्ठा ,रुद्री अभिषेक र सङ्कल्प पूजा गराएका थिए । दिउँसोदेखि मन्दिरमा घुइँचो लागेको थियो भने १२ बजे देखि राती सम्म करिब १ हजार मानिसहरूले शिवको प्रतिमा दर्शन गर्नुका साथै शिवधुनीमा सहभागिता जनाएका थिए । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)का अध्यक्ष डा. प्रज्ज्वल रेग्मीले शिव मूर्तिका दाता लगायत सम्पूर्ण समुदायलाई मन्दिरको उन्नति र प्रगतिमा साथ सहयोग गर्नु हुने नेपाली समुदायलाई विशेष रूपमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …