SamwadKhabar logo

               

शिक्षा

एसईईमा १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी सहभागी हुने

Pramila Bhujel

Pramila Bhujel

एसईईमा १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी सहभागी हुने

चैत्र १२, काठमाडौं । चैत १५ गते बिहीवारदेखि सञ्चालन हुन गइरहेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १० हजार ८ सय ६ ओटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीहरू सहभागी हुने भएका छन् । सामुदायिक र संस्थागत गरी २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७, छात्र र अन्य १५ जना  सहभागी परीक्षार्थीहरू हुन् । 

कुल परीक्षार्थीहरूमध्ये ५सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थीहरू प्राविधिक धार तर्फका हुनेछन् । त्यसैगरी २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक÷सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार माध्यमिक शिक्षा परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सात ओटै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ ओटै जिल्ला परीक्षा समन्वय समितिहरूबाट परीक्षामा खटिने केन्द्राध्यक्ष लगायतका जनशक्तिलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरी प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पु¥याउने जस्ता तयारी सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ ।

उनले यो वर्षको एसईई माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन हुने पहिलो परीक्षा भएको र एउटा नियमित प्रक्रिया भएकोले सम्पूर्ण परीक्षार्थीहरूलाई बिना सङ्कोच उच्च मनोबल र निर्भयका साथ उक्त परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने उक्त परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न गराउन परीक्षासँग प्रत्यक्ष र परोक्ष रूपमा संलग्न सबै सरोकारवालाहरूलाई परीक्षा सम्पन्न नहुँदासम्म आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेका छन् ।

ताजा

सबै

१२ वर्षपछि पाकिस्तानमा उपप्रधानमन्त्री विदेशमन्त्री इशाक दार

वैशाख १७, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिए…

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

वैशाख १७, काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका ला…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

लोकप्रिय

सबै

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

यो पनि

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

वैशाख १७, काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका ला…

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

वैशाख १६, काठमाडौं । आफ्नै विधालयबाट नक्कली परीक्षार्थी खडा गराएर कक्षा १२ को परीक्षा…

काठमाडौंको रेन्बो कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौंको रेन्बो कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

वैशाख १४, काठमाडौं । काठमाडौँको ठुलो भर्याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले…

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

वैशाख ७, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त भएको उपकुलपति पदका लागि ३ जनाको…