SamwadKhabar logo

               

विज्ञान प्रविधि

नेपाल संवत् हेर्न सकिने सफ्टवेयर र एप सरकारलाई हस्तान्तरण

Pramila Bhujel

Pramila Bhujel

नेपाल संवत् हेर्न सकिने सफ्टवेयर र एप सरकारलाई हस्तान्तरण

चैत्र १२, काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्‌को ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा सोमवार भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इन्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्‌को गणना जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे । ‘नेपाल संवत्लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वयनमा जान्छ’, प्रधानमन्त्रीको भनाइ छ ।

सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ। यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो सफ्टवेयरबाट नेपाल संवतसँगै विक्रम संवत् र इस्वी संवतको सयौँ वर्ष अगाडि र पछाडि गएर वार, गते, वर्ष एवं तिथि हेर्न सकिने छ ।

वर्तमान सकारले नेपाल संवत्‌लाई अनिवार्य रूपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागु गरिसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ ।

 

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

वैशाख ३, काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु' भएको छ …

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

चैत्र २८, काठमाडौं । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उ…

गुल्मीमा विद्युतीय गाडी संचालन

गुल्मीमा विद्युतीय गाडी संचालन

चैत्र २३, काठमाडौं । गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्…

भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

चैत्र २१, काठमाडौं । भारतमा मन्दिरका लागि एक जना भक्तले कृत्रिम रोबट हात्ती उपहार दि…