SamwadKhabar logo

समाचार

विदेश जाने श्रमिकलाई अभद्र व्यवहार नहोस् अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

प्रमिला भुजेल

प्रमिला भुजेल

विदेश जाने श्रमिकलाई अभद्र व्यवहार नहोस् अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

चैत्र १३, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन्।

उनले आज बिहान कालिकास्थान स्थित अध्यागमन विभागको ब्रिफिङमा यस्तो निर्देशन दिएका हुन। ‘रेमिटेन्स पठाएर अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नु पर्छ’, उनले भने।

गृहमन्त्री लामिछानेले ती श्रमिकलाई सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गरेका हुन।

उनले विदेशीका लागि अध्यागमन देशको मुहार रहेको उल्लेख गर्दै भने, ‘मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईँका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ।’

गृहमन्त्री लामिछानेले केही खराब मान्छेका कारण धेरै इमानदारले दोष पाउने गरेको उल्लेख गर्दै भने, ‘खराबलाई बेलैमा चिनेर इमानदारलाई प्रोत्साहित गर्नुपर्छ।’

उनले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने पनि बताए। ‘जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधन सम्पन्न बनाउन केही चुनौती छन्। तर, प्रयास जारी राख्नुपर्छ’,लामिछानेले भने।

उनले हिजोका घटनामा आफूले कसैलाई दोषारोपण गर्न नचाहेको उल्लेख गर्दै भने, ‘ भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न। दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला।’

ब्रिफिङ कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन आग्रह गरेका थिए।  ‘प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्नु होला’, उनले भने।

त्यस्तै, विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए। 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि