SamwadKhabar logo

समाचार

ज्येष्ठ नागरिक सरोकार केन्द्रले गरेको काम प्रभावकारी छ स् मन्त्री शर्मा

Pramila Bhujel

Pramila Bhujel

ज्येष्ठ नागरिक सरोकार केन्द्रले गरेको काम प्रभावकारी छ स् मन्त्री शर्मा

चैत्र १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिँदै गएका बताएकी छन्।घोराही उपमहानगरपालिका- १६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा बिहीबार भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै आएको काम निकै प्रभावकारी रहेको बताइन्।

उनले यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिइन्। मन्त्री शर्माले कतिपय अवस्थामा जिम्मेवारीका कारण  र समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उनीहरूलाई जीवनयापनमा निकै सहज भएको धारणा राखिन्।

ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उल्लेख गर्दै उनले त्यस्ता घटनालाई रोकेर सकेसम्म परिवारमै माया ममता दिएर राख्न आवश्यक रहेको बताइन्।

पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उनले ज्येष्ठ नागरिक सरोकार केन्द्रमा रहेको पार्कलाई व्यवस्थित गर्नेलगायत अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक पहलका लागि आफ्नातर्फबाट कोसिस रहने पनि बताइन्।

ताजा

सबै

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

वैशाख १७, काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका ला…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

लोकप्रिय

सबै

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

यो पनि