SamwadKhabar logo

               

विविध

युवतीको घाँटी रेटेर हत्या गर्ने अपराधी पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

युवतीको घाँटी रेटेर हत्या गर्ने अपराधी पक्राउ

चैत्र १६, काठमाडौं । पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा बस्ने १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा डिएसपी सुगन्ध श्रेष्ठका अनुसार आरोपी वडा नम्बर १ लप्सीखोला बस्ने १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई पक्राउ गरिएको हो ।

मंगलवार बिहान ९ बजे पद्मा लप्सीखोलामा कपडा धुन र नुहाउन भनेर हिँडेकी थिइन् । लप्सीखोला उनको घरबाट दुई किलोमिटर टाढा पर्छ।

नुहाउन र कपडा धुन भनेर एक्लै हिँडेकी उनी दिउँसो साढे ३ बजेसम्म पनि फर्किएकी थिइनन्। नफर्किएपछि घरपरिवार उनको खोजीमा निस्किए। खोज्दै जाँदा पद्माले लिएर गएको कपडा तथा अन्य सामान लप्सीखोलाबाट कराम्दी जाने गोरेटोमा लथालिंग अवस्थामा फेला पर्‍यो। सामान फेला परेको आसपास परिवारले खोजी गर्दा अन्दाजी २० मिटर तल खरबारीमा पद्मा रगताम्य अवस्थामा मृत फेला परिन्।

उनको टाउको, घाँटी, हातमा धारिलो हतियारबाट प्रहार गरिएका चोटहरू थिए। त्यसपछि परिवारले साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर गरेको थियो। उक्त खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धान गर्दा धारिलो हतियार प्रयोग भई हत्या भएको हुनसक्ने देखिएको थियो। तर अँध्यारो भएको हुँदा प्रहरीले बुधवार बिहान अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड, केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाइएको थियो।

त्यही दिन प्रहरीले मुचुल्का, प्रमाण संकलन गरी शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो।

प्रहरीले अनुसन्धानका लागि त्यस दिन ३र४ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। प्रमाण फेला परेसँगै हत्यामा सागर भन्ने व्यक्तिकै संलग्नता खुलेको पुष्टि भयो ।

उनका अनुसार मंगलबार दिउँसो १२ बजे सागर गोठमा काम गरी हसिँया लिएर फर्किरहेका थिए। यता पद्मा धारामा लुगा धोएर डोकोमा हाल्दै गरेकी थिइन्। त्यसबेला उनीहरू दुई जनाको भेट भएको थियो।

डिएसपी श्रेष्ठका अनुसार सागर रिसाहा स्वभावका छन्। उनीहरूबीच सामान्य विवाद भएको थियो। ‘उनीहरूबीच के विषयमा विवाद भएको हो भन्ने अझै प्रष्ट हुन बाँकी छ। तर दुई जनाको भेट हुँदा विवाद हुन पुग्यो। गालीगलौजको अवस्था सिर्जना भएपछि हत्या भएको देखिन्छ,’ उनले भने।

आवेगमा आएर सागरले पद्मामाथि हँसियाले प्रहार गरेको उनले बताए। हतियार प्रहारपछि उनले पद्मालाई २० मिटर तल घिसारेर खरबारीमा पुर्‍याएका थिए। त्यहाँ पनि उनको टाउकोमा दुईरतीन पटक प्रहार गरेका थिए।

त्यसपछि उनले मृतक पद्माको मोबाइल समेत लिएर गएका थिए। अनुसन्धानको क्रममा प्रहरी उनको घरमा पुगेको थियो। जहाँबाट प्रहरीले घटना हुँदा लगाएको कपडा, हँसिया र मोबाइल बरामद गरेको छ।

 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …