SamwadKhabar logo

               

विज्ञान प्रविधि

विशेष अदालतले अब अनलाइनबाटै मुद्दाको सुनुवाइ गर्ने, आइतवारदेखि निरन्तरता दिने

Pramila Bhujel

Pramila Bhujel

विशेष अदालतले अब अनलाइनबाटै मुद्दाको सुनुवाइ गर्ने, आइतवारदेखि निरन्तरता दिने

चैत्र १६, काठमाडौं । विशेष अदालतले  बिहीवार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फत मुद्दाको सुनुवाइ आगामी आइतवारदेखि नियमित रुपमा अघि बढ्नेछ । बिहीवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो ।

बिहीवार सुरेन्द्रबहादुर सिंह विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अधिवक्ता अपूर्व खतिवडाले अनलाइनबाटै बहस गरे । त्यही मुद्दामा सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता गोपाल लामिछानेले विशेष सरकारी वकिलको कार्यालयबाट अनलाइन बहस गरे ।

‘हामीले परीक्षणको रुपमा सुनुवाइ थालेका हौं, आइतबारदेखि दुईवटै इजलासमा अनलाइन बहस प्रणाली कार्यान्वयनमा आउनेछ’, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले भने, ‘यसबाट काठमाडौं बाहिरका सेवाग्राहीहरुलाई ज्यादा सहज हुने अपेक्षा गरेका छौं ।’

अब विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ । कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् ।

अनलाइन सुनुवाइको सुरुवातबारे प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश श्रेष्ठले टाढाका सेवाग्राहीलाई अदालत परिसरमै उपस्थित हुनुपर्ने बाध्यता हटेको बताए । ‘देशभर क्षेत्राधिकार भएको विशेष अदालतले सुरुवात गरेको अनलाइन सुनुवाइ प्रणालीले सेवाग्राहीहरु अदालतमै आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यसबाट छिटोछरितो न्यायसम्पादनमा सहयोग पुग्ने विश्वास छ’, उनले भने ।

एउटा पक्ष अदालतमा उपस्थित हुने र अर्को पक्ष अनलाइनबाट बहस गर्न चाहेमा दुवैले बहस सुन्न र त्यसको प्रतिवाद गर्न अनुकुल हुनेगरी इजलासमा मनिटर र स्पिकरको व्यवस्था गरिएको छ ।

विशेष अदालतले सुरु गरेको अनलाइन बहस अहिलेका लागि ऐच्छिक हो । कानुन व्यवसायीहरुले चाहेमा मात्रै अदालतले उनीहरुलाई अनलाइन बहसको सुविधा दिने गरेको छ । अदालतमै उपस्थित हुन चाहने कानुन व्यवसायीले यसअघिकै प्रक्रिया अनुसार इजलासमा उपस्थित भएर बहस गर्न सक्नेछन् ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत विशेष अदालतले हेर्ने मुद्दाका पक्ष देशको जुनुसुकै ठाउँमा रहे पनि सुनुवाइका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ ।

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

वैशाख ३, काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु' भएको छ …

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

चैत्र २८, काठमाडौं । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उ…

गुल्मीमा विद्युतीय गाडी संचालन

गुल्मीमा विद्युतीय गाडी संचालन

चैत्र २३, काठमाडौं । गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्…

भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

चैत्र २१, काठमाडौं । भारतमा मन्दिरका लागि एक जना भक्तले कृत्रिम रोबट हात्ती उपहार दि…