SamwadKhabar logo

               

पालिका

ने.क.पा. एमाले गोकर्णेश्वर ३ कमिटिको दोश्रो वडा अधिवेशन उद्घाटन सम्पन्न

Pramila Bhujel

Pramila Bhujel

ने.क.पा. एमाले गोकर्णेश्वर ३ कमिटिको दोश्रो वडा अधिवेशन उद्घाटन सम्पन्न

चैत्र १८, काठमाडौं । ने.क.पा. एमाले गोकर्णेश्वर नगरपालिका वडा नं. ३ कमिटिको दोश्रो वडा अधिवेशनको उद्घाटन भएको छ । शनिवार गोनपा ३ बालुवामा अधिवेशनको उद्घाटन भएको थियो ।

उद्घाटन समारोह संविधानसभा सदस्य तथा वागमति प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम वडा कमिटि अध्यक्ष तथा वडा सदस्य बुद्धि बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

अधिवेशन उद्घाटन समारोहमा संघीय सांसद शान्ति श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा संविधान सभा सदस्य रामेश्वर फुयाल, वागमति प्रदेश कमिटि सदस्य रामशरण ढुंगाना, वागमति प्रदेश कमिटि सदस्य पेमा छिरि शेर्पा, जिल्ला कमिटि सदस्य तथा गोकर्णेश्वर नगरपालिकाका नगर उपप्रमुख सान्नानी लामा, जिल्ला सदस्य तथा नगर इन्चार्ज उद्धव भण्डारी, नगर अध्यक्ष उद्धव विष्ट, गोनपा १ कमिटिका अध्यक्ष कृष्ण तामाङ, गोनपा १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, गोनपा २ का वडा अध्यक्ष मधु तामाङ, गोनपा ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मुकुन्द गजुरेल, गोनपा ३ का वडा सदस्य सचिन लामा, लक्ष्मी भण्डारी लगायत क्षेत्रीय कमिटि, वडा कमिटिका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।

अधिवेशनको उद्घाटन समारोहलाई संघीय सांसद शान्ति श्रेष्ठ, संविधान सभा सदस्य तथा वागमति प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाल, वागमति प्रदेश कमिटि सदस्य रामशरण ढुंगाना, जिल्ला कमिटि सदस्य तथा गोकर्णेश्वर नगरपालिकाका नगर उपप्रमुख सान्नानी लामा, नगर इन्चार्ज उद्धव भण्डारी, नगर अध्यक्ष उद्धव विष्ट, गोनपा ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, गोनपा ३ का वडा सदस्य सचिन लामा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अभिवेशनको अवसरमा अधिवेशन स्थलमा राखिएको रक्तदान शिविरमा ३४ जनाले रक्तदान गर्नु भएको थियो ।

१५३ जना ज्येष्ठ नागरिक, एकल महिला लगायत सम्मानित 

उद्घाटन समारोहमा १५३ जना ज्येष्ठ नागरिक, २५ जना एकल महिला, ६ जना अपांगता भएका व्यक्ति, २०४९ साल देखिका जनप्रतिनिधि तथा पार्टी प्रतिनिधि र स्थानीय कलाकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक गोपाल लामा र सुरेश लामाले गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सञ्चालन नविनराज विष्टले गर्नु भएको थियो ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

वैशाख ३०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल…

यो पनि

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…

आज चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा

आज चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा

वैशाख ४, काठमाडौं । चैत्र अष्टमी अर्थात् चैते दशैंका दिन मनाइने चामुण्डा रथ यात्रा आज…

भक्तपुरमा २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता

भक्तपुरमा २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता

वैशाख २, काठमाडौं । यस वर्ष पनि बिस्काः जात्राअन्तर्गत आइतबार भक्तपुरको बोडेमा जिब्रो …

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

चैत २५, काठमाडौं । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता२०८…