SamwadKhabar logo

               

धर्म संस्कृति

आज चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा

प्रमिला भुजेल

प्रमिला भुजेल

आज चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा

वैशाख ४, काठमाडौं । चैत्र अष्टमी अर्थात् चैते दशैंका दिन मनाइने चामुण्डा रथ यात्रा आज हुँदैछ । मंगलवार गोकर्णेश्वर नगरवालिका वडा नं. ५, ६ र ८ बाट चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा गरिन्छ ।

आज ३ वटा रथ बोकेर गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५, ६ र ८ का विभिन्न मन्दिर, टोल तथा काठमाडौं महानगरपालिका वडा नं. ६ का केही स्थानमा समेत रथ परिक्रमा गराइन्छ ।

बाजागाजा सहिद शुरु हुने रथयात्रा चामुण्डाबाट शुरु भई वडा नं. ८ स्थित महांकाल भैरव, आरुबारी, जोरपाटी, सिद्धेश्वर, अर्घौतेश्वर, नयाँवस्ती युवा क्लब, सर्वेश्वर, रुद्रेश्वर मन्दिर, बौद्ध पिपलबोट हुँदै पुन चामुण्डामा पुगेर समापन हुनेछ ।

२०४० साल देखि हरेक वर्ष चैत्र अष्टमीका दिन मनाइने रथयात्रा समारोहमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल, उपमेयर सान्नानी लामा, संघीय सांसद, प्रदेश सांसद, जनप्रतिनिधि, विभिन्न संस्था गुठिका प्रतिनिधि लगायतको सहभागीता रहने छ ।

रथ यात्रा मध्यान्ह १२ः३० बाट शुरु हुने कार्यक्रम रहेको छ । सहभागी भक्तजनहरुलाई विभिन्न मन्दिरमा प्रसाद वितरण समेत हुनेछ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

५ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, काँडाघारीस्थित अक्षरा स्कुलमा वेदा…

ढुंगानाको पार्थिव शरीरलाई सानोगौचरनबाट पशुपति आर्यघाट लगिँदै

ढुंगानाको पार्थिव शरीरलाई सानोगौचरनबाट पशुपति आर्यघाट लगिँदै

३ मंसिर, काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरलाई अन्तिम संस्…

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

३ मंसिर, काठमाडौं । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्ष…

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …