SamwadKhabar logo

               

विविध

काठमाडौंका नदीबाट महानगरले ५ महिनामा निकाल्यो २,२४८ टन फोहोर

प्रमिला भुजेल

प्रमिला भुजेल

काठमाडौंका नदीबाट महानगरले ५ महिनामा निकाल्यो २,२४८ टन फोहोर

चैत्र १८, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो पाँच महिना ९कात्तिक, मंसिर, पुस, माघ र फागुन० मा नदी किनार र जलबहाब क्षेत्रबाट २ हजार २ सय ४८ टन फोहोर निकालेको छ ।

यसका लागि ७ हजार ६ सय ९४ जनशक्ति परिचालन गरिएको महानगरले जनाएको छ । सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोत प्रयोग गर्नुपर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो ।वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार आवश्यकताका आधारमा एक्स्काभेटरसहित उपकरण प्रयोग गरिएको थियो ।

महिनागत हेर्दा कात्तिकदेखि फागुनसम्म क्रमशः १ हजार ४ सय, ३ हजार ७ सय ३१, १ हजार १ सय २६, ७ सय २५ र ७ सय १२ जनशक्ति परिचालन भएका छन् । यी जनशक्ति श्रम बैंकबाट लिइएका हुन् ।योजनाका फोकल पर्सन एवम् महानगरपालिकाका उपनिर्देशक सानुमैया महर्जनका अनुसार यी महिनामा क्रमशः ८ सय ४६, ८ सय ४६, २ सय ७१, १ सय ४४, १ सय ७१ र १ सय ४१ टन फोहोर निकालेर व्यवस्थापन गरिएको छ ।

योजना कार्यान्वयन गर्ने क्रममा ३० असोजदेखि नदी किनाराको सरसफाइ थालिएको हो । २० फागुनदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको महानगरले जनाएको छ ।

गत १ मंसिरदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरूलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थल सफाइमा खटाइएको श्रेष्ठले बताए ।

सफाइ क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक छ । त्यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न फोहोर भेटिने गरेको छ ।

८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।

यी ८ वटा नदीहरु, विष्णुमती, रुद्रमती (धोवीखोला), मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुशी, कर्खुशी (वाफल) र भचाखुशी (स्वयम्भू, शोभाभगवती) हुन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …