SamwadKhabar logo

               

विश्व

अरुणाचलको विषयमा भारतले चीनलाई दियो जवाफ

Pramila Bhujel

Pramila Bhujel

अरुणाचलको विषयमा भारतले चीनलाई दियो जवाफ

चैत्र २०, काठमाडौं । चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । यस विषयमा पत्रकारको प्रश्नको जवाफ दिंदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले चीनले अरुणाचल प्रदेशका ठाउँहरुलाई नयाँ नाम दिने बेतुका प्रयासको कडा विरोध गर्ने बताएका छन् ।

उनले भने, ‘चीनले भारतको अरुणाचल प्रदेशका ठाउँहरूलाई नयाँ नाम दिने बेतुका प्रयास जारी राखेको छ । हामी यस्तो कुनै पनि प्रयासको कडा विरोध गर्दछौं । अरुणाचल प्रदेशको वास्तविकता यस्ता नयाँ नामहरूले परिवर्तन हुने छैन ।’

चीनले भारतको अरुणाचल प्रदेशका अन्य केही ठाउँलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश छन् ।

भारतले उनीहरुलाई अस्वीकार गर्दै आएता पनि अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ ।

चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको उनको भनाइ छ ।

चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ को रिपोर्टका अनुसार २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो । त्यसमा छ नयाँ नाम समावेश गरिएको छ । त्यस्तै २०२१ मा १५ ठाउँमा नयाँ नाम दिइएको थियो । त्यसपछि २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो ।

हालै चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा आपत्ति जनाएको थियो । त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए । चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले यसको जवाफ दिएको हो । विदेश मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो ।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

वैशाख २६, काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि…

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

वैशाख २५, काठमाडौं । हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ। यो …

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

वैशाख २४, काठमाडौं । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्…