SamwadKhabar logo

समाचार

राति विद्युत् किन्दा महँगो पर्ने भएपछि उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

प्रमिला भुजेल

प्रमिला भुजेल

राति विद्युत् किन्दा महँगो पर्ने भएपछि उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

चैत्र २३, काठमाडौं । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । रातको समयमा उपलब्ध गर्न सकिने ग्यासबाट उत्पादित विद्युत् महँगो हुने भएकाले सो विधुत् नेपालमा वितरण गर्नुभन्दा प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ् गर्न थालेको हो ।

रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाउँछ, जुन खुला बजारभन्दा महँगो पर्न जान्छ । ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ । महँगोमा विद्युत् आयात गरेर नेपालमा वितरण गर्नुभन्दा प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेको हो ।

कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको छ ।

प्राधिकरणले लोडसेडिङ नै गर्नुपरे पनि तालिका नै निकालेर गरिदिए काम गर्न सजिलो हुने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोककुमार टेमानीले बताए ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल पनि तालिका विना लामो समय लोडसेडिङ हुँदा उद्योगी मारमा परेको बताउँछन् ।नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार लोडसेडिङ नै भनेर गरेका छैनौँ । तर, रातको १२ बजेसम्म लोड व्यवस्थापनमा समस्या परिरहेको र मौसममा सहयोग गर्ने देखिएकाले यो समस्या पनि केही दिनमा समाधान हुने अपेक्षा छ ।

भारतले मार्च अन्तिममा विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण गर्दा खुला बजारबाट दिनको समय मात्रै विद्युत् आयात गर्न पाउने किसिमको व्यवस्था गरेको छ ।

अहिले पिक समयमा १ हजार ८ सय ३३ मेगावाट विद्युत् माग रहेको प्राधिकरणले जनाएको छ । तर, दिनको समयमा कुल विद्युत् आपूर्ति १ हजार ३ सय ४३ मेगावाट छ । भारतबाट दिनको समयमा ४ सय मेगावाट विद्युत आइरहेकोमा राति त्यो आउँदैन । त्यसो हुँदा रातको समयमा विद्युत्को चरम अभाव भइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि