SamwadKhabar logo

               

तीर्थ परिचय

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

Pramila Bhujel

Pramila Bhujel

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहेको सिताराम मन्दिरको जिर्णोद्वार तथा पुन निर्माण पछि उद्घाटन भएको छ । बुधवार कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सिताराम रामेश्वर धामको उद्घाटन गर्नु भयो ।

श्री सीताराम रामेश्वर धाम सञ्चालक समितिका अध्यक्ष मोहन बहादुर महतको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

धाम उद्घाटन कार्यक्रममा नगर उप प्रमुख शान्ता थापा, वडा नम्बर ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनीको विशेष आतिथ्यता रहेको थियो । वडा सदस्य सुनिता चापागाई, वडा नं. १ का अध्यक्ष मुकुन्द गजुरेल, विभिन्न पार्टीका प्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासी तथा भक्तजनहरूको महत्वपूर्ण उपस्थिति रहेको थियोे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले धर्म संस्कृतिको संरक्षणमा समुदाय अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नु हुँदै कागेश्वरी नगरपालिकाले धर्म संस्कृतिको संरक्षणका कार्य गर्दै आएको, संस्कृत शिक्षालाई प्राथमिकताका साथ नगरपालिकामा विद्यालयमा शुरु भएको बताउनु भयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनीले वडाका धार्मिक सम्पदाहरुको निर्माण र संरक्षणमा वडाले गर्दै आएका कार्यका बारेमा जानकारी दिनु हुँदै श्री सीताराम रामेश्वर धाम निर्माणका लागि भुमिका खेल्नु भएका सहयोगी व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । सो अवसरमा मन्दिरको जिर्णोद्वार एवम् पुन निर्माणमा सहयोग गर्नुहुने सहयोगीदाताहरूलाई सम्मान गरिएको थियो ।

सिताराम मन्दिरको जिर्णोद्वार तथा पुन निर्माण कागेश्वरी मनोहरा नगरपालिकाको १२ लाख सहयोग तथा दाताहरुबाट संकलित रकमबाट भएको थियो । मन्दिरको जिर्णोद्वार तथा पुन निर्माणमा ३४ लाख ७६ हजार रकम खर्च भएको समितिका सचिव मुकुन्द प्रसाद गौतमले बौद्ध खबरलाई जानकारी दिनु भयो ।

राम मन्दिर स्थापनाको सुरुवात धननिधि गौतमले गर्नु भएको थियो ।

ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

वैशाख ६, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका३३ भरतपोखरीको पुडिटारमा रहेको भुल…

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहे…

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

वैशाख ४, काठमाडौं । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ ।…