SamwadKhabar logo

               

तीर्थ परिचय

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

प्रमिला भुजेल

प्रमिला भुजेल

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

वैशाख ६, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दैयस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालय अघि बढेका छन् ।

स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले विगतमा कुण्ड मात्रै रहेको मन्दिर, ट्रष्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएको वडा कार्यालयले यस आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा पुजारी आवाससहितको ट्रष्ट भवन निर्माण गरिसकेको जानकारी दिए ।

पूजाआजा गरेमा मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् ।

भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रूपमा मान्दै पूजाआजा गर्ने गरिएको स्थानीयवासी बूढापाका बताउँछन् ।

प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् । मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।

मन्दिर परिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताए । जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकोले नै प्राचीनकालदेखि नै भुलभुला देवीका रूपमा लिने गरिएको उनको तर्क छ ।

स्थानीयवासीका अनुसार जलकुण्ड नजिकै पहिले खनियाँको रुख थियो । रुखको नजिकै सानो ढुङ्गे मन्दिर थियो । १८र१९ वर्षअघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको स्थानीयको भनाइ छ ।

प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म झगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।

मन्दिरको संरक्षण र विकासलाई स्थानीय सामुदायिक बनसँगै नमुना युवा क्लब, भुलभुला युवा क्लबलगायतका सङ्घ संस्थाले सक्रियता देखाएका छन् । मन्दिरसँगै नजिकै रहेको डुुडेको रहलाई पनि पर्यटकीयरुपमा विकास गर्ने प्रयास थालिएको भुलभुला युवा क्लबका सचिव शिव अधिकारीले बताए । उनका अनुसार प्राकृतिक झरनाका रूपमा रहेको डुडेको रहको संरक्षण एवं पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका–३३ को कार्यालयबाट रु चार लाख ५० हजार प्राप्त भई केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

ताजा

सबै

ललितपुरमा चार जना हैजाको संक्रमण भएको पुष्टि

११ साउन, काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । सरुवा रोग …

भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा

११ साउन, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा गरिएको छ । भ…

सौर्य विमान दुर्घटनामा परेकाको आफन्तलाई आजै शव दिइने

साउन ११, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुग…

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सा…

लोकप्रिय

सबै

सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

९ साउन, काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जह…

बिमल ठकुरी वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त, सपथ ग्रहण हुँदै

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीलाई वागमति प्रदेशको संस्…

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

१० साउन, काठमाडौं । काठमाडौंको धोबीखोला अन्तर्गत बुद्धनगरबबरमहल जोड्ने पुल चर्किएपछि…

पूर्व राज्यमन्त्रीको हत्यारा घरमा काम गर्ने युवक

९ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उहाँकै घरमा काम गर्ने युवकबा…

यो पनि

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…

सिन्धुलीको प्रसिद्ध कमलामाई मन्दिर

सिन्धुलीको प्रसिद्ध कमलामाई मन्दिर

जेठ ७, काठमाडौं । सिन्धुली जिल्लाको प्रसिद्ध मन्दिरमध्ये कमलामाई नगरपालिकामा अवस्थित क…

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…